sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » जुनियर र सिनियर डान्स प्रतियोगीता

खोटाङ, ५ असार । साधना कला डान्स सेन्टर खोटाङले सिनियर र जुनियर डान्स प्रतियोगीता गरेको छ । डान्स सेन्टरले शनिबार सदरमुकाम दिक्तेलमा १२ वर्षमुनिका र १२ वर्षमाथिका प्रतियोगीबीचमा युगल डान्स प्रतियोगीता गराएको हो ।

जुनियर युगल डान्स प्रतियोगीतामा बीना राई र एलिना बस्नेतको जोडी प्रथम, रिमा मगर र सम्झना राईको जोडी दोश्रो तथा एलिसा राई र सन्ध्या मगरको जोडी तेश्रो भएका छन् ।

 यस्तै, सिनियर डान्स प्रतियोगीतामा निश्चल मगर र प्रस्तुती राईको जोडी प्रथम, नबिता राई र वर्षा लिम्बूको जोडी दोश्रो र रोसन राई र नानु राईको जोडी तेश्रो भएको साधना कला डान्स सेन्टरका निर्देशक दिपेन राईले बताए ।

प्रतियोगीतामा जुनियर र सिनियर गरी ८ टिमले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगीताका विजेता जोडीलाई प्रमुख अतिथिकारुपमा खबिराज राई, निर्णायक रसकुमार राई, लेखराज राई लगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । डान्स सेन्टरले त्रैमासिकरुपमा डान्स प्रतियोगीता गराउने जानकारी दिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post