sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » मतदान केन्द्र नजिक राखेको बम नेपाली सेनाले निस्क्रिया पारे

खोटाङ, १४ असार । खोटाङको दुबेकोलमा अज्ञात समुहले मतदान केन्द्र नजिक राखेको बम नेपाली सेनाले निस्क्रिया पारेको छ । लामीडाँडा गाउँपालिका–५ दुबेकोलस्थित गंगोद्धय माबिमा रहेको मतदान केन्द्र नजिक फेला परेको सुतली बम शेरगणको ऐसेलुखर्कस्थित नेपाली सेनाको डिस्पोजल टोलीले बुधबार बिहान ६ः५५ बजे निस्क्रिया पारेको हो ।

मतदान केन्द्रबाट ४ सय मिटर पुर्वमा मुल बाटोको चौतारोमा बम फेला परेको थियो । बम निस्क्रिया पारेपछि मतदान प्रकृयालाई निर्वाधरुपमा अघि बढाइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । बम फेला परेको विषयमा बिहान ३ः१५ बजे खबर आएको नेपाली सेनाले जनाएको छ ।


अहिले जिल्लाका १७३ वटै मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । खोटाङ न्यूजबाट

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post