sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङमा एमाले वडाध्यक्ष उम्मेदवारको घरमा बम बिष्फोट, एक घाइते

खोटाङ, ७ असार । अज्ञात समुहले खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको एमाले वडाध्यक्षका उम्मेदवार लिला चौहानको घरमा बम बिष्फोट गराएको छ । घरकै अगाडि रहेको भान्छा कोठामा उम्मेद्वार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र ८ महिने भतिज किस्मत बसेर खाना खाइरहेको अवस्थामा मंगलबार राती सुतली बम बिष्फोट गराइएको हो ।

बिष्फोटमा वडाध्यक्षका प्रत्यासी चौहानकी बुहारी शकुन्तला चौहान घाईते हुनु भएको छ । उहाँको दुबै खुट्टा डढ्नुका साथै चोट लागेको उम्मेद्वार चौहानका भतिज दानबहादुर चौहानले बताउनुभयो । शकुन्तलाको दाहिने खुट्टाको फिलामा समेत चोट लागेको छ । पहिलोपल्ट हानिएको बम बिष्फोट नभएपछि तत्काल दोश्रो बम हानिएको एमाले खोटाङका अध्यक्ष बबी चामलीङले बताए ।

चौहान परिवारका अनुसार अपरिचित दुई युवकले स्थानीय कृष्ण खत्रीको घर सोधेर गएको आधा घण्टापछि बम बिष्फोट भएको हो । उम्मेद्वार चौहान घरमा नभएको बेलामा बिष्फोट भएको हो ।

उम्मेद्वार चौहान चुनावी घरदैलो अभियानमै रहेका समयमा विष्फोट गराइएको हो । विष्फोटबाट किचनमा जमिन फाटेको छ । चौहानको घरमा सुतली बम बिष्फोट भएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलको भनाई छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post