sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » भोट किन्न बाड्ने पैसा कब्जा गर्नुस् : मेयरका उम्मेदवार दुर्गाजयन्ती

खोटाङ, ११ असार । नेकपा (माओवादी केन्द्र) खोटाङको तर्फबाट रुपाकोट मझुवागढी नगरपालिकाका लागि उम्मेदवार बनेकी दुर्गाजयन्ती राईले सोझा सिधा जनतालाई प्रभावित पार्न ठूलो मात्रामा आर्थिक चलखेल गरेको आरोप लगाएकी छन् ।

सदरमुकाम दिक्तेलस्थित हेलिप्याडमा आइतबार दिउसो आयोजना गरिएको चुनावी सभामा बोल्दै उम्मेदवार राईले एमालेले निर्वाचन आचारसंहिता बिपरित जसरी पनि चुनाव जित्न सोझासिधा जनतालाई आर्थिक प्रलोभनमा पार्न ठूलो मात्रामा आर्थिक चलखेल गरेको आरोप लगाएकी हुन् ।

माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै उम्मेदवार राईले एमालेले गाउँगाउँमा बाँड्ने पैसा कब्जा गर्न वाईसिएललाई निर्देशन दिइन् । “एमालेले सोझासिधा जनतालाई प्रभावित पार्न ठूलो मात्रामा पैसा बाँड्दै छन् ।” उनले भनिन्, “एमालेले बाँड्ने पैसा गाउँगाउँमा खटिएका वाईसिएलले कब्जा गर्नुपर्छ ।”

एजेण्डा बिहिन एमालेले पैसाकै भरमा चुनाव जित्न खोजेको उनले आरोप लगाइन् । “स्थानीय तह माओवादीको एजेण्डा हो ।” उनले भनिन्, “यो निर्वाचनमा माओवादी बाहेकका दलले जितेमा प्राप्त उपलब्धी गुम्न सक्छ ।”

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post