sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » सेञ्चुरीमार्फत पनि आवास अनुदान वितरण सुरु

खोटाङ, २२ जेठ । खोटाङका भूकम्प पिडितलाई सेञ्चुरी कमर्सियल बैंकमार्फत पनि आवास अनुदान वितरण सुरु गरिएको छ । 

२०७२ साल बैसाख १२ गतेको भूकम्पबाट पिडित परिवारलाई सालपा बिकास बैंकबाट निजी आवास अनुदान वापतको रकम वितरण सुरु गरिएको चार दिनपछि सेञ्चुरी कमर्सियल बैंकमार्फत पनि अनुदान वितरण सुरु गरिएको हो ।

 सोमबार सेञ्चुरी कमर्सियल बैंकबाट केपीलासगढी र लामीडाँडा गाउँपालिकाका लाभग्राहीलाई जिल्ला समन्वय समितिका संयोजक एबं स्थानीय बिकास अधिकारी राजन बिसी र जिल्ला प्राबिधिक कार्यालयका प्रमुख ईन्जिनियर राजु श्रेष्ठले अनुदान वापतको चेक हस्तान्तरण गरे । सेञ्चुरी कमर्सियल बैंकमार्फत केपीलासगढी र लामीडाँडा गाउँपालिकाका ८३६ लाभग्राहीलाई आवास अनुदान दिने जनाइएको छ । भूकम्पबाट क्षतीग्रस्त निजी आवास पुःनर्निमाणका लागि भूकम्प पिडितलाई पहिलो किस्तावापत सालपा बिकास बैंकबाट पहिलोपल्ट शुक्रबारदेखि ५० हजारका दरले अनुदान बाँड्न थालिएको हो । सालपा बिकास बैंकबाट हलेसी तुवाचुङ नगरपालिका र ऐसेलुखर्क गाउँपालिकाका ५१८ लाभग्राहीलाई आवास अनुदान वितरणका काम भइरहेको छ ।

जिल्लाका सालपा बिकास बैंक र सेञ्चुरी कमर्सियल बैंक बाहेक राष्ट्रिय बाणिज्य बैंक दिक्तेल, राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय खोटाङबजार, बैंक अफ काठ्माण्डौं र ज्योती बिकास बैंकको शाखा कार्यालयबाट आवास अनुदान वितरणको व्यवस्था मिलाइएको छ ।

 जिल्लका ८ हजार ८४३ लाभग्राहीका लागि ३३ करोड ४७ लाख ४० हजार रकम वितरण गरिने जिल्ला समन्वय समितिले जनाएको छ । बैंक अफ काठ्माण्डौंबाट रुपाकोट मझुवागढी नगरपालिकाका लाभग्राहीलाई, राष्ट्रिय बाणिज्य बैंक दिक्तेलबाट साकेला गाउँपालिकाका लाभग्राहीलाई, ज्योती बिकास बैंकबाट दिप्रुङ र बराहपोखरी गाउँपालिकाका लाभग्राही तथा खोटाङबजारस्थित राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयबाट खोटेहाङ र जन्तेढुंगा गाउँपालिकाका लाभग्राहीलाई आवास अनुदान वितरण गर्ने व्यवस्था मिलाइएको छ । अन्य बैंकबाट पनि हप्ता दिनभित्र आवास अनुदान वापतको रकम वितरण हुने जिल्ला समन्वय समितिले जनाएको छ । लाभग्राहीलाई पहिलो किस्तामा ५० हजार, डिपिसिको काम सकिएपछि दोश्रो किस्तामा १ लाख ५० हजार र छाना हाल्ने बेलामा तेश्रो किस्तावापत ७ ५ हजार तथा शौचालय निर्माणपछि २५ हजार रकम खातामा उपलव्ध गराइने जनाइएको छ । भूकम्पका कारण खोटाङमा १३ हजार ७९९ घरमा क्षती पुगेको तथ्यांक थियो । 

बैसाख १७ मै आवास निर्माणको रकम आए पनि प्राधिकरणले वितरण गर्ने बैंक छनौटमा ढिलाई गर्दा रकम वितरणमा पनि ढिलाइ भएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post