sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » खोटाङमा माओवादी केन्द्रले खाता खोल्यो

खोटाङ, १५ असार । खोटाङमा माआवादी केन्द्रले खाता खोलेको छ । जन्तेढुंगा गाउँपालिका–१ देविस्थानमा माओवादी केन्द्रका वडाध्यक्षमा उम्मेद्वार केदारमान राई विजयी भएका हुन् ।

उनले ३८३ मत ल्याएर वडाध्यक्षमा विजयी भएको सहायक निर्वाचन अधिकृत यादव भण्डारीले जानकारी दिए । सो वडामा माओवादी केन्द्रले वडाध्यक्ष सहित दुई पद र एमालेले तीन पदमा जित हाँसिल गरेको छ ।  सो वडामा एमालेकी महिला सदस्य चम्पाकुमारी राईले ३२३ मत ल्याएर विजयी भएकी छन् । एमालेकै दलित महिला सदस्य संगीता कार्की ३३२ मत र खुला सदस्यमा ३४१ मतसहित एमालेकै गैंडेबहादुर माझी विजयी भएका छन् ।

अर्का खुला सदस्यमा ३४९ मत सहित माओबादी केन्द्रका गणेश खड्का विजयी भएको सहायक निर्वाचन अधिकृत भण्डारीले बताए । जन्तेढुंगा गाउँपालिका–२ बोपुङको मत गणना अन्तिम चरणमा पुगेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post