sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » भारी मतान्तरले जालपामा माओवादी केन्द्रको प्यानल विजयी

खोटाङ १६ असार
स्थानीय तहको दोस्रो निर्वाचन अन्तर्गत जिल्लाको रुपाकोट मझुवागढी नगरपालिकाको वडा १२ जालपामा दोब्बर मतसहित नेकपा माओवादी केन्द्रका प्यानल विजयी भएको छ ।

 माओवादी केन्द्रको तर्फबाट विकास राईको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको समूहले ३ सय ८ मत अन्तरले
नेपाली काँग्रेसको समूहलाई पछि पार्दै विजयी भएको हो ।

कुल एक हजार ६० मत खसेको जालपामा माओवादी केन्द्रको समूहले ५ सय ९७ ल्याएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिनुभयो ।

काँग्रेसका धर्मराज राईको समूहले २ सय ८९ मत ल्याएको जनाइएको छ । तेश्रो स्थानमा रहेको नेकपा एमालेले ९२ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा विकास, महिला सदस्य छत्रकुमारी गुरुङ, दलित महिला सदस्यमा रमिला विश्वकर्मा, खुला सदस्यमा जयश्वर राई र बमबहादुर तामाङ विजयी भएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post