sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » निर्मलीडाँडाका २८ कांग्रेस एमाले नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

खोटाङ २६ जेठ
खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत निर्मलीडाँडामा नेपाली कांग्रेस र नेकपा एमालेका २८ जना स्थानीय नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।


माओवादी केन्द्रले बिहीबार निर्मलीडाँडामा आयोजना गरेको चुनावी सभामा उनीहरु नेकपा माओवादी केन्द्रमा औपचारिक रुपमा प्रवेश गरेको मेयरकी उम्मेदवार समेत रहनु भएकी माओवादी केन्द्रकी नेतृ दुर्गाजयन्ती राईले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले रुपाकोट मझुवागढी नगरपालिकामा चुनावी कार्यक्रम तिब्र रुपमा बढाईरहेको छ । मेयरकी उम्मेदवार राईले सर्वसाधरणले गरेको माया र विश्वास हेर्दा आफ्नो जित सुनिश्चित जस्तै भईसकेको बताउँदै जित हासिल गरेसँगै नगरपालिकाको विकासमा कुनै पक्षपात नगरी पारदर्शी रुपमा काम गरेर देखाउने समेत बताउनु भएकाे छ ।
माओवादी केन्द्र रुपाकोट मझुवागढीले नगरपालिकाको ११ वडामा चुनावी सभा सम्पन्न भइसकेको जानकारी दिएको छ । 

मेयर उम्मेदवार राईले १ गते दिक्तेलमा महिलाहरुद्धारा प्रदर्शन गर्ने, २ गते मनोनयन गर्ने र त्यसपछि जनताको घरदैलो कार्यक्रम अगाडी बढाइने बताउनुभयो । २ गते अगाडी सबै खुल्ला कार्यक्रम सम्पन्न गरिसक्ने समेत उहाँले बताउनुभयो ।






यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post