sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» »Unlabelled » झडपको विषयमा रुपाकोट मझुवागढीको मतगणना रोकियो

खोटाङ, १६ असार । विजयी जुलुस मनाउनेक्रममा झडप भएपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा मतगणना स्थागित गरिएको छ । नेपाली काँग्रेसले निकालेको विजयी जुलुसमा एमाले कार्यकर्ताले आक्रमण गरेपछि दोहोरो शुक्रबार साँझ दोहोरो झडप भएको थियो ।
रुपाकोट मझुवागढी नगरिपालिका–१ मा काँग्रेस विजय भएपछि दिक्तेलबजारमा निकालिएको विजयी जुलुसमा एमालेका कार्यकर्ताले दिक्तेलस्थित त्रिवेणीचौकमा आक्रमण गरेको थियो । दुई पार्टीबीच भएको दोहोरो झडपपछि एमालेका भीम राई, सुवाश आचार्य र शिवसाकार खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झडपका क्रममा नेपाली काँग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित प्रकाश श्रेष्ठ, क्रियासिल सदस्य बिनिता श्रेष्ठलगायत घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको काँग्रेस खोटाङ क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
रातको समयमा दोहोरो झडप भएपछि उग्ररुप लिने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले दिक्तेलबजारका सबै होटल बन्द गराएको छ । भडपपछि दिक्तेलबजारको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
दुई पार्टीबीच दोहोरो झडप भएपछि काँग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मतगणना स्थगित गराएको छ । झडप भएलगत्तै काँग्रेस कार्यकर्ताले शान्तिपूर्ण विजयी जुलुस भइरहँदा बिना कारण एमाले कार्यकर्ताले आक्रमण गरेको भन्दै आक्रमणमा सहभागीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै मतगणना स्थगित गराएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मतगणना काँग्रेसले स्थागित गराएपछि अहिले सर्वदलीय बैठक बसिरहेको छ । झडप हुनुको कारण अहिलेसम्म पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post