sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » भोट जातलाई होइन, उम्मेद्वार र एजेण्डालाई दिनुस् : दुर्गाजयन्ती राई


  • माओवादी केन्द्रद्धारा १५ वटै वडामा घरदैलो सम्पन्न

खोटाङ २८ जेठ 
'तपाईहरु तीन वटै उम्मेदवार राई समुदायबाट हुनुहुन्छ, एमालेबाट मात्र फरक समुदायबाट भएकाले पनि उसैको जित हुने भयो भनिन्छ नि ?' नेकपा माओवादी केन्द्र रुपाकोट मझुवागढी नगरपालिकाले १५ वटै वडामा सभा र घरदैलो अभियान अन्तर्गत पहिलो चरणको चुनावी कार्यक्रम सम्पन्न भएको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रबाट मेयरको उम्मेदवार दुर्गाजयन्ती राईलाई सोधिएको प्रश्न हो यो ।

पत्रकारको प्रश्नपछि मेयरकी उम्मेदवार दुर्गाजयन्तीले भोट जातका आधारमा नभएर उम्मेदवार र उसका एजेण्डाका आधारमा हालिने भन्दै कुन जात के भन्ने ठूलो विषय नै नभएको बताइन् । ‘भोट जातलाई हाल्ने होइन, उम्मेदवार र त्यसले कस्ता एजेण्डा बोकेको छ, त्यो हेरेर हाल्ने हो, ’ उनले भनिन्, ‘विकास र समृद्धिको योजना हामीसँग छ, राजनीतिक परिवर्तन कसैले गरेको छ भने माओवादीले गरेको छ, अब आफैं भन्नुस्, जित कस्को हुनुपर्छ ।’

माओवादी केन्द्रले रुपाकोट मझुवागढी नगरपालिकामा आफ्नो जित पक्कापक्की भएको दाबी समेत गर्दै आएको छ ।

अब्बल उम्मेदवार भएको, राजनीतिक परिवर्तनका लागि त्याग तपस्या मात्र नभएर अहिलेको परिवर्तनको सम्पूर्ण पहल कदमी आफ्नै पार्टीबाट सम्भव भएको र विकास र समृद्धिको योजना समेत आफ्नो पार्टीसँग रहेकाले नगरपालिकामा जित सुनिश्चित भएको माओवादी नेता तथा कार्यकर्ताले दाबी गर्दै आएका छन् ।

जित सुनिश्चित दाबी गर्दै आएको माओवादीले चुनावी कार्यक्रमलाई पनि उत्तिकै आक्रमक बनाएको छ । माओवादी केन्द्रले उमेद्वार र एजेण्डा सहित १५ वटै वडामा वडासभा र घरदैलो कार्यक्रम गरी पहिलो चरणको चुनावी कार्यक्रम सान्दार ढंगबाट सम्पन्न भएको आइतबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी समेत गराएको छ ।

'हामी जनताकोमा पुग्दा हाम्रा एजेण्डाप्रति उहाँहरुको स्पष्ट बुझाई र समर्थनले हामी थप उत्साहित भएका छौ । यस विचमा जनतावाट प्राप्त माया, सहयोग, सद्भाव, समर्थन र सक्रियताप्रति हार्दिक आभार व्यक्त गर्दछौ ।' माओवादी केन्द्र रुपाकोट मझुवागढी नगर समितिका इन्चार्ज सुरेश राईले पत्रकार सम्मेलनमा भने, 'जनताको सहि नेतृत्व छान्ने अवसरलाई पक्रदै उम्मेद्वार र एजेण्डा जनतासम्म पुर्याउने यो अभियानलाई मर्यादित र स्वस्थ प्रतिस्पर्धि बनाई आम मतदाता प्रति सम्मान ब्यक्त गर्दै स्वस्थ राजनितिक चुनावी प्रतिस्पर्धामा उत्रन सबै राजनीतिक दललाई अपिल गर्दछौ ।' 

माअाेवादीले अब्बल उम्मेद्वार, राजनीतिक परिवर्तनको विरासत र विकास र समृद्धिका एजेण्डा नै जीतका आधार भएकाे समेत बताएकाे छ ।

'आफ्ना उम्मेद्वार र एजेण्डालाई मतदातामार्फत अनुमोदन गराई विजयसम्म पुग्न हामी क्रियाशिल छौ' उनले पत्रकार सम्मेलनमा भने, 'अब्बल उम्मेद्वार, राजनीतिक परिवर्तनको विरासत र विकास र समृद्धिका एजेण्डा नै हाम्रा जीतका आधार हुन । जनतालाई सहि नेतृत्व छान्न सघाउने, तथ्यपरक यी सामाग्री पस्किएर यो अभियानमा सक्रिय सहभागि बन्न हामी पत्रकार मित्रलाई हार्दिक अनुरोध गर्दछौ ।'

माओवादी केन्द्रले नगरपालिकामा  ७ जेष्ठमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो ।

माओवादी केन्द्रले हलेसी तुवाचङ नगरपालिका र दिप्रुङ गाउँ पालिकामा चुनावी अभियानको क्रममा भएका अपराधिक घटना प्रति दुस्ख व्यक्त समेत गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post