sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » खोटाङमा उल्लासमय र शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता

रामधन बेदना/खोटाङ
असार ५ । दोस्रो चरणको असार १४ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनका लागि खोटाङमा शान्तिपूण र उल्लासमय ढंगबाट उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारी दर्ता कार्य आइतबार अबेरसम्म चलेको थियो । 

२ नगर र ८ गाउँपालिका रहेको जिल्लामा निर्वाचनमा भाग लिने ७ दल तथा केही स्वतन्त्र उम्मेदवार दर्ताका लागि ¥यालीसहित निर्बाचन अधिकृतका कार्यालयमा गएका थिए । 

जिल्ला अदालतस्थित मुख्य निर्बाचन अधिकृत जिल्ला न्यायधिस शान्तिप्रसाद आचार्यको कार्यालयमा बसेको सर्बदलीय सर्बपक्षीय छलफलबाट सहमति गरे अनुरुप रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा अगाडी नेकपा माओबादी केन्द्र र नेकपा एमालेले उम्मेदवारी दर्ता गरेका थिए ।

 जिल्लाका मुख्य नगरपालिकाका रुपमा रहेको रुपाकोट मझुवागढीका १५ वटै वडाबाट आएका प्रस्ताबक, समर्थकलगायतका कार्यकर्ता तथा शुभचिन्तकहरुको ¥यालीले सदरमुकाम दिक्तेलबजार परिक्रमा गरेर मुख्य निर्बाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराइएको थियो  । नेकपा माओबादी केन्द्र र एमालेको उम्मेदवारी दर्ता गराईसकेपछि नेपाली कांग्रेस कांग्रेसले पनि र्याली सहित उम्मेदवारी दर्ता गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post