sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» »Unlabelled » रुपाकोट मझुवागढी नगरपालिकामा त्रिपक्षीय टक्कर, दुर्गा जयन्तीको अग्रता

खोटाङ १६ असार 

स्थानीय तहको दोस्रो निर्वाचन अन्तर्गत जिल्लाको रुपाकोट मझुवागढी नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले र माओवादी केन्द्रबिच नगर प्रमुख, उपप्रमुखमा कडा प्रतिस्पर्धा देखिएको हो ।

सुरुवाती चरणमा एमालेले अग्रता लिएपनि पछिल्लो पटक नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

शुक्रबार बिहानसम्मको मत परिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार दुर्गा जयन्ती राईको १६२७ मत आएको छ । कांग्रेसका राजनशेर राईको १५८० र एमालेको १२४२ मत आएको छ ।



यसैगरी, उपप्रमुखमा माओवादी केन्द्रको १३७९, कांग्रेसको ११३०, एमालेको १०५३ मत आएको छ । 

 शुक्रबार बिहानसम्म वडा नम्बर १ दिक्तेल, वडा नम्बर ६ नेर्पा, वडा नम्बर ११ खार्मी, वडा नम्बर १२ जालपाको मतपरिणाम सार्वजनिक भईसकेको छ । जसमा दिक्तेल र खार्मीमा कांग्रेस र नेर्पा र जालपामा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

अहिले वडा नम्बर २ दिक्तेल, वडा नम्बर ७ चिउँरीडाँडाको मतगणना भईरहेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post