sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » पञ्चायत कालका योद्धा हेडमास्टर हुँदै वडा अध्यक्षको उम्मेदवार

खोटाङ ८ असार
२०३६ सालमा बहुदलिय व्यवस्था कि निर्दलिय भन्ने आन्दोलनको आगो सल्कि रहेको थियो । जसले बहुदलको पक्ष लिन्थे, तत्कालिन निरंकुश सरकारले अराष्ट्रिय तत्व घोषणा गर्दथ्यो । दुःख दिने, जागिरेवालाको जागिर खाईदिने, जेलनेल आदी सामान्य हुन्थ्यो ।

रघुनन्द राई, वडा अध्यक्ष उम्मेदवार
त्यसै मध्ये जागिर गुमाउने एक हुन्– साकेला गाउँपालिका एक (साविक च्यानडाँडा–१ सेखुवा ) वडाका  रघुनन्द राई ।

२०३४ सालमा स्थायी जागिरे राईको ३६ सालमा बहुदलको पक्ष लिँदा जागिर मात्र गएन, एक वर्ष भूमिगत बस्न पर्यो । पञ्चायत कालमै राजनीतिक तथा सामाजिक अगुवाईकर्ता उनै रघुननन्द राई अहिले साकेला गापा वडा १ मा माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्ष उम्मेदवार बनेका छन् ।

५२ सालमा जागिर पुनवहालीसँगै सेखुवाको श्री जालपा निमाविमा हेडमास्टरको रुपमा प्रध्यापन गरेका उनी पछि निर्मलीडाँडामा सरुवा भएर केही वर्ष बिताए । ७० सालमा पेन्सन पाएसँगै सामाजिक तथा राजनीतिक काममा सक्रिय उनले अब गाउँ ठाउँको विकासमा होमिने वाचा गर्दै उम्मेदवारी दिएको बताउँछन् ।

उनी आफू चुनाव जित्नेमा ढुक्क रहेको मात्र बताउँदैनन्, गाउँको विकास कसरी गर्ने भन्ने योजना समेत बुन्न लागिरहेको बताउँछन् ।

उनको पहिलो योजना गाउँ ठाउँलाई कृषिको आधुनिकरण गर्ने, प्राविधिक शिक्षा गाउँमै अनुदानमा पढाउने, सिचाई र सडक पिचमा विशेष ध्यान दिने रहेको बताउँछन् ।

कातजी हुने ठाउँहरुमा कागती र लेक साइडमा आलु खेती गरेमा त्यस ठाउँलाई समृद्ध बनाउन सकिने उनको योजना छ । जनताको कामलाई विशेष जोड दिने, सुस्त चुस्त सेवा प्रवाह गर्ने तथा विकासमा काममा सहभागितामूलक नीति अपनाउने उनी बताउँछन् ।

रोड पिच हुँदा कृषिजन्य उत्पादनलाई सहजै बजारमा पुर्याउन सकिने भन्दै रोड पिचलाई विशेष प्राथमिकता दिने पनि उनको योजना छ । ‘कृषि आधुनिकिरणमा जोड दिनैपर्छ, त्यसका लागि सिचाई प्राथमिकताको विषय हो,’ उनी भन्छन्, ‘यत्रो समय जागिरमा बिताए अब चुनाव जित्ने पक्कापक्की जस्तै भईसकेको छ, बाँकी जिवन समाज सेवामा गाउँ ठाउँलाई समृद्ध बनाएर नाम लेखाउनेमा बिताउनेछु ।’

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post