sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » च्यास्मीटारमा ग्रामिण सडक निर्माण


खोटाङ, जेठ २२ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा ग्रामिण सडक निर्माण गरिएको छ । 

गाउँलाई सडक सञ्जालमा जोड्ने लक्ष्यका साथ मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी–जयराम सडक खण्डको चैतेडाँडाबाट दाल्फु जाने चैतेडाँडा–सास्कु–दाल्फु सडक निर्माण गरिएको हो ।


सांसद पिके राईको निर्वाचन क्षेत्र पुर्वाधार बिकास कोषको १० लाख बजेटबाट सडक निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष रसकुमार राईले बताए । जेठ ६ गतेदेखि १२ दिन लगाएर २ किलोमिटर २ सय मिटर लम्बाई भएको सडक निर्माण गरिएको हो । गाउँमै सडक आएपछि स्थानीय हर्षित भएका छन् ।

सडक बिस्तार भएसँगै गाउँबाट मध्यपहाडी लोकमार्ग उत्रिएर अन्य ठाउँमा जाने सहज बाटो खुलेको छ । सडकका कारण स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन र उपभोग्यबस्तु गाउँमा भित्र्याउन सहज भएको छ । हाल दाल्फुको सार्कीखोरेसम जोडिएका सडकलाई क्रमशः दुधकोसी किनारसम्म बिस्तार गर्ने लक्ष्य राखिएको निर्माण समितिका सचिव लेखराज राईले बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post