sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » खोटाङको नाम गीत संगितबाटै भएपनि राख्छु : नव गायिका मनिता

काठमाडौं १९ जेठ
नवगायिका मनिता 
एक दुई वटा गित रेकर्ड गराउने र आफूलाई गायक गायिकाको रुपमा चिनाउने चलन पछिल्लो पटक फेसन जस्तै बन्दै गएको छ । अग्रजहरुले सांगितिक क्षेत्रमा पाइला चाल्नेहरुले विषयको राम्रो ज्ञान हुनुपर्ने सुझाव नदिएका पनि हैनन् । तर, चर्चाकै लागि भए पनि गित रेकर्ड गराउनेको हुल भने ठूलै छ । 

खोटाङ बतासे निवासी नव गायिका मनिता राई भने अलिक फरक अठोट अनि सांगितिक ज्ञानका साथ यो क्षेत्रमा अघि बढ्दै गरेकी एक पात्र बनेकी छिन् ।

सांगितिक क्षेत्रमा भर्खरै मात्र पाइला चाल्न सुरु गरेकी मनिता राई यो क्षेत्रका लागि एउटा नयाँ अनुहार हुन् । तर, उनको अठोट, विश्वास र उद्देश्य सुन्ने जो कोहिले उनले यो क्षेत्रमा केही गरेर देखाउन सक्ने पात्रका रुपमा उनलाई उभ्याउने गरेका छन् । उनी आफैं पनि याे क्षेत्रमा हराउन भन्दा पनि केही गरेर देखाउन अाएकाे बताउँछिन् ।

‘नजर के जुधेको थियो’ नामक गजलमा आफ्नो स्वर दिएर सांगितिक क्षेत्रमा प्रवेश गरेकी उनी यो क्षेत्रमा आफू अण्डा मात्र भएको र अब त्यसबाट निस्कने जमर्को गरिरहेको बताउँछिन् । सुरुमा यो क्षेत्रमा डर लागेपनि पहिलो पटक स्वर भरेसँगै श्रोताहरुको सकरात्मक प्रतिक्रियाले आफूलाई अभिप्रेरित गरेको उनको अनुभव छ । ‘सुरुमा श्रोता दर्शकले मन नपराउने हुन् कि भन्ने ठूलै डर थियो, युट्युबमार्फत आफ्नो स्वरमा रहेको गित सार्वजनिक गरेकी उनले भनिन् ‘तर सबैले माया देखाउनुभयो, साँच्चै भन्दा आत्मबल बढेको छ ।’

खोटाङ जन्मथलो भएर पनि होला उनले गित संगीतकै क्षेत्रबाट भए पनि जिल्लाको नाम राख्ने वाचा समेत गरिन् । 'खोटाङलाई खोटाङबासी चेली हुँ भनेर चिनाउँछु,' उनले भनिन् 'खोटाङ जन्मथलो पनि हो, त्यहीँ भएर अरु केही गर्न नसके पनि खोटाङलाई गित संगीतकै क्षेत्रबाट चिनाउने मेरो पहिलो काम हुनेछ।'

यो क्षेत्रमा आउने जो कोहीलाई गित रेकर्ड गराएर मात्र गायक गायिका बन्न नसकिने सुझाव दिने उनी सांगितिक ज्ञान बिना यो क्षेत्रमा प्रवेश गर्नुको खासै अर्थ नरहने बताउँछिन् । त्यसो त आफू पनि यो क्षेत्रमा नयाँ अनुहार भएको भन्दै अझै धेरै सिक्न बाँकी रहेको स्वीकार गर्छिन् ।

निकट भविष्यमा नै एल्बम निकाल्ने तयारीमा रहेकी उनले पिके क्याम्पसमा संगित विषयमा नै अध्ययन गरीरहेकी छिन् भने बसुन्धरास्थित एक इन्स्टिच्युटमा संगितको क्लास समेत लिने गरेकी छिन् । ‘ बिहानै उठेर २ घण्टा जति रियाज गर्छु, अनि कलेज जान्छु, बेलुका पुनः बसुन्धरा पुगेर म्युजिक कक्षा लिने गरेको छु, उनले भनिन् ।

सांगितिक क्षेत्रमा टिक्न गाह्राे रहेको ठान्ने उनी यो क्षेत्रमा हराउने भन्दा पनि केही गरेर देखाउने अठोट राख्छिन् । ‘धेरै नयाँ अनुहारहरु यो क्षेत्रमा आउने र बिचैमा हराउने गरेका छन्, उनी भन्छिन् ‘म हराउदिन भन्ने म भित्र भित्रैबाट कन्फिडेन्ट छ ।’
 सुनिल दिप्त राईको लेखन, हरि लम्सालको संगित र साहस साक्यको एरेन्जमेन्टमा मनिताको स्वर रहेको गित यस्तो छ:

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post