sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङका तीन वटा सरकारी कार्यालयको ताला अज्ञात समूहद्धारा फोडियो

खोटाङ २६ जेठ
जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा अज्ञात समूहले तीन कार्यालयमा तोडफोड गरेको छ ।

हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीमा एउटै भवनमा रहेको गाविस हाल वडाको कार्यालय, हुलाक र स्वास्थ्य चौकीको ताला फोरिएको हो ।

बिहीबार राति गाविस, हुलाक र स्वास्थ्य चौकीको ताला फोरिएको भएपनि क्षति भने नगरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नविनकिशोर प्रधानले जानकारी दिए ।

ताला फोर्ने समुहको खोजी भईरहेको प्रधानको भनाई छ । उनीहरुले राजापानी ११ का राजेश राईको पसल पनि फोरेका छन् । उनिहरुले पसलबाट एक दर्जन रेडवुल, एक काटुन विस्कुट र एक बन्डल खुकुरी चुरोट चोरी गरेर लगेको जनाईएको छ ।

चोरी गरेको सामान उनिहरुले कार्यालयहरुको ताला फोरेर भित्र बसेर खाएकोसमेत भेटिएको प्रहरीको भनाई छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post