sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » खोटाङका सबै ठाँउमा मतगणना जारी

खोटाङ, १५ असार । खोटाङका सवै गाउँपालिका तथा नगरपालिकाहरुमा विहीवार विहानैबाट मतगणनाको कार्य भईरहेको छ । जिल्लाका ८ गाउँपालिका २ नगरपालिका र ७९ वडाको विहान ७ बजेबाट मतगणना भईरहेको मुख्य निर्वाचन कार्यालय खोटाङले जनाएको छ । जिल्लाको रुपाकोट मझुवागढी नगरपापालिकाको मतगणना मुख्य निर्वाचन कार्यालय दिक्तेलमा भईरहेको छ । बिहान ७ बजे सवैदलिय बैठक बसेर १० बजेबाट मतगणना सुरु गरिएको हो । यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा पनि मतगणना भईरहेको छ । बिहान ७ बजेदेखि मगणना सुरु गरिएको निर्वाचन अधिकृतले जानकारी दिए । यस्तै, जिल्लाको साकेला, बराहापोखरी, दिपु्रङ, जन्तेढुङ्गा, लामीडाँडा, केपीलासगढी, खोटेहाङ र ऐसेलुखर्क गाउँपालिकामा पनि मतगणना भईरहेको निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् । 

मंगलबार देखि दिक्तेल–गाईघाट ३३ केभी प्रशारण लाईन अन्तरगतको विद्युत अवरुद्ध हुँदा जिल्ला अन्धकार भएको छ । मंगलबार दिउँसोदेखि विद्युत अवरुद्ध भएसंगै स्थानीय तहको निर्वाचनको गतिविधि लिन समस्या भएको छ ।  जिल्लामा विद्युत अवरुद्ध हुने वित्तिकै फोन ठप्प हुने गरेको छ ।  विद्युत अवरुद्ध हुनुको कारण अहिलेसम्म पत्ता लागेको छैन । वर्षा र हावाहुरीका कारण विद्युत अवरुद्ध भएको अनुमान गरिएको छ । विद्युत अभावमा स्थानीय निर्वाचनका गतिविधिहरु लिनका लागि सवैभन्दा सञ्चारकर्मीलाई अफ्टयारो परेको छ । १ लाख १५ हजार ६४४ मतदाता रहेको जिल्लामा करिब ६४ प्रतिशत मत ९करिब ७५ हजार० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।  ७९ वडा रहेको जिल्लामा ४१५ जनप्रतिनिधिका लागि १८ जना स्वतन्त्रसहित १ हजार ५६२ जना उम्मेद्वारको मनोनयन दर्ता भएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post