sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङमा ६० प्रतिशत मत खस्यो

खोटाङ, १४ असार ।  खोटाङमा अहिलेसम्ममा करिब ६० प्रतिशत मतदान सकिएको छ ।  दिउँसो २ बजेसम्ममा जिल्लाका ८ गाउँपालिका २ नगरपालिका, ७९ वडाका १७३ मतदान केन्द्र रहेको  जिल्लामा करिब ६० प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । जिल्लाका सवै मतदान केन्द्रहरुमा शान्तिपूर्ण वातावरणमा मतदान सञ्चालन भइरहेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । जिल्लामा १ लाख १५ हजार ६४४ मतदाता रहेकका छन् ।

 मतदानमा सर्वसाधारणको उल्लासमय सहभागिता रहेको छ । कतै वर्षा कतै घाम लागेको भएपनि साँझमा पानी पर्ने संभावना भएका कारण मतदातालाई समयमै मतदान गर्न आग्रह गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । खोटाङ न्यूजबाट

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post