sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » एघार दिनमै एक हजार ३६७ मतदाता थपिए

खोटाङ, १२ साउन । जिल्ला निर्वाचन कार्यालय खोटाङमा फोटोसहितको मतदाता नामावली दर्ता गर्नेको भीड लाग्ने गरेको छ । फोटोसहितको मतदाता नामावली दर्ता गराउन कार्यालयले साउन मसान्तसम्मको समय दिएपछि यसअघि छुट भएका जिल्लावासी आफ्नो नाम दर्ता गराउन भीड लाग्ने गरेको हो । 

साउन १ गतेबाट सुरु गरिएको अभियानको एघार दिनमै एक हजार ३६७ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिनुभयो । “दैनिक जसो नाम दर्ता गराउनेको संख्या बढ्दै गएको छ ।” उहाँले भन्नुभयो, “सर्वसाधारणको भीडलाई सम्बोधन गर्न कार्यालयमा तीन जना प्राविधिक खटाइएको छ ।”

निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नामावली दर्ता अभियान सुरु गरेपछि सबै राजनीतिक दलले आफ्नो कार्यकर्ता तथा समर्थकलाई अनिवार्य नाम दर्ता गराउन अनुरोध गरेको छ । कतिपय नेता तथा कार्यकर्ताले आफू समर्थकलाई निर्वाचन कार्यालयमै पु¥याएर नामावली दर्ता गराउन लगाउने गरेका छन् । 

सदरमुकाम दिक्तेलमा सिमित मतदाता नामावली संकलन अभियान साउन १६ गतेबाट सबै गाउँपालिकामा पु¥याइने कार्यालयले जनाएको छ । उमेर पुगेका सबै व्यक्तिले मतदान गर्न पाउने अधिकारबाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यले सबै पालिकामा टोली पठाउने तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी खत्रीले जानकारी दिनुभयो । 

जिल्लामा यसअघि भएको स्थानीय तहको निर्वाचनमा एक लाख १५ हजार ४४४ मतदाता रहेका थिए । पछिल्लो समय थपिएको मतदाता नामावली संकलन अभियानमा करिब दश हजार थपिने अपेक्षा गरिएको कार्यालयले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post