sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » फलफूलका करिब दुई लाख बिरुवा बिक्री

खोटाङ, १५ साउन । जिल्ला कृषि विकास कार्यालय खोटाङले यस आर्थिक वर्षमा विभिन्न प्रजातिका फलफूलको करिब दुई लाख बिरुवा बिक्री गरेको छ । जिल्लाका कृषकलाई व्यवसायिक र आधुनिक खेती प्रणालीमा अग्रसर गराउने उद्देश्यले एक लाख ९३ हजार ३४० बिरुवा ५० प्रतिशत अनुदानमा बिक्री गरेको हो ।

कार्यालयका प्राविधिक सहायक कौशलकुमार यादवका अनुसार अलैंचीका एक लाख ५५ हजार, सुन्तला र कागतीको १६ हजार ५००/१६ हजार ५००, लिची दुई हजार २५०, जुनार एक हजार ५००, आँप ८५०, अम्बा ६०० र कटहरको १४० वटा बिरुवा बिक्री गरिएको छ । अलैंची, सुन्तला, कागती र जुनारमा ५० प्रतिशत अनुदान तथा आँप, लिची, अम्बा र कटहर परल मुल्यमा बिक्री गरिएको यादवको भनाइ छ । 

जिल्लामा अलैंची, सुन्तला र कागती उत्पादनका लागि पकेट क्षेत्र मानेर कार्यक्रम सञ्चालन गरिएकाले सोही अनुसार बिरुवासमेत वितरण गरिएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले जानकारी दिनुभयो । कार्यालयका अनुसार जिल्लाका फेदी, पाथेका, खार्मी, खार्ताम्छा, बाक्सिला, सप्तेश्वर, सावाकटहरे, डम्र्वखुशिवालय, साउनेचउर लगायतका ठाउँलाई अलैंचीको पकेट क्षेत्र मानिएको छ । 
अधिकांश भूभाग कछाड क्षेत्र रहेको जिल्लाका लामीडाँडा, खार्पा, राजापानी, विजयखर्क, टेम्मा, याम्खा, डाँडागाउँ, डम्र्वखुशिवालय लगायतका ठाउँलाई सुन्तला र कागतीको पकेट क्षेत्र मानिएको छ । उक्त पकेट क्षेत्रहरुमा सरकारी तथा गैंरसरकारी कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । 

७५ हजार ५८५ हेक्टर खेतीयोग्य जमिनमध्ये जिल्लामा चार हजार ७१५ हेक्टर क्षेत्रफलमा फलफूल खेती गरिने कार्यालयले जनाएको छ । जिल्लामा उहत्पादित फलफूल छिमेकी जिल्ला उदयपुर हुँदै भारतसम्म पुग्ने गरेको छ । 



यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post