sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » झोलुङ्गे पुलमार्फत दुई जिल्ला जोडियो

खोटाङ ८ साउन । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने दूधकोसीस्थित चारबोटेघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र छिमेकी जिल्ला उदयपुरको कटारी नगरपालिकाको सोरुङबेसी जोड्ने चारबोटेघाटमा रु ६७ लाखको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको हो । 

शंकरमाली खानी जगदम्बा जेभी निर्माण सेवा कम्पनीले जिम्मा लिएको झाुलुङ्गे पुलको काम तोकिएको मितिभन्दा १५ दिन अगाडि सम्पन्न भएको स्थानीयले बताएका छन् । करिब १७० लामो पुल खोटाङ क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद पाँचकर्ण राई (पिके)ले उद्घाटन गरेका छन् । 

जिल्लाको पश्चिमी क्षेत्रका स्थानीयको व्यापारिक केन्द्र कटारीको यारीखोलाबजार जोड्ने उक्त चारबोटेघाटमा यसअघि पुल नहुँदा डुङ्गामार्फत जावतजावत गर्ने गरिन्थ्यो । पुल निर्माणपछि डुङ्गामार्फत जोखिम मोलेर जावतजावत गर्नुपर्ने समस्या हटेको स्थानीयले बताएका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post