sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » खोटाङ बन्यो पूर्ण खोपयुक्त जिल्ला


रामधन राई/खोटाङ
असार २६ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएसँगै पुरै जिल्ला पूर्ण खोपयुक्त बनेको छ । घोषणा गर्न बाँकी रहेको उक्त नगरपालिकालाई पनि सोमबार पूर्ण खोपयुक्त नगर घोषणा गरिएपछि पुरै जिल्ला पुर्ण खोपयुक्त बनेको हो । 

अन्य पालिकाका वडाहरुमा जस्तै सबै बालबालिकाले १ वर्षकै उमेरभित्र सबै प्रकारका खोप पाएको सुनिश्चित भएपछि  रुपाकोट मझुवागढी नगरपालिकालाई पनि पूर्ण खोपयुक्त नगर घोषणा गरिएको जनाईएको छ । १२ महिनादेखि २३ महिना उमेर समुहका १ हजार १ सय १८ बालबालिकामा सर्भेक्षण गर्दा सवै बालबालिकाले बिसिजि, डिपीटि, पोलियो, दादुरा–रुबेला रोगबिरुद्ध दिइने सबै खोप पाइसकेको आधारमा पूर्ण खोपयुक्त घोषणा गरिएको हो । 

निर्देशिका अनुसार वडाका सबै बालबालिकाले खोप पूरा गरेको आधारमा खोप समन्वय समितिको अनुगमन तथा निर्णयपछि खोपयुक्त नगरपालिका घोषणा गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर रामबहादुर केसीले बताउनुभयो । रुपाकोट मझुवागढी नगरपालिका–६ देखि १५ वडा यसअघि नै पूर्णखोपयुक्त घोषणा भइसकेको अवस्थामा बाँकी रहेको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माका २४९, रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ३४, रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६९, रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ९९ बालबालिकाले पनि सवै प्रकारका खोप पाइसकेको सुनिश्चितता पछि पूर्णखोपयुक्त घोषणा गरिएको हो । सो नगरपालिका पूर्ण खोपयुक्त घोषित भएसँगै जिल्लाभर नै पुर्ण खोपयुक्त भईसके पनि औपचारिक रुपमा पुर्ण खोपयुक्त घोषणा गर्न भने बाँकी रहेको छ । 

साबिकको एक नगर र ७२ गाबिस रहेको जिल्लामा हाल दुई नगरपालिका र ८ गाउँपालिकामा ७९ वडा रहेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post