sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » खोटाङमा अन्तरजातीय विवाह गर्ने ७ जोडी सम्मानित

रामधन राई/खोटाङ, 
असार ३० । दलित भए पनि गैर–दलितसँग विवाह गरेर जीवन निर्वाह गरिरहेका खोटाङका ७ जोडीलाई सम्मान गरिएको छ । 

खोटाङ दलित बिकास मञ्च नेपालले बिहिबार रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गंगाबहादुर बिश्वकर्मा र सरिता राई, रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रकाश तोलाङ्गे र ललिता राई, रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सरोजकुमार बिक र ईश्वरी सुवेदीलाई सम्मान गरेको हो । यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका भूमीराज दर्जी र पार्वती गुरुङ, दिप्रुङ गाउँपालिका–१ याम्खाका हरि मुग्राती र लक्ष्मी गुरुङ, रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका राजेन्द्र बिक र शुशिला मगर तथा खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका यदुकुमार नेपाली र कुमारी आचार्यलाई सम्मान जनाईएको छ । 
अन्तरजातीय विवाह गरेर समाजमा नमूना जोडीकारुपमा संघर्ष गरिरहेका जोडीलाई सम्मानस्वरुप जिल्ला समन्वय समितिले एकमुष्ट २५ हजार प्रदान गरेको खोटाङ दलित बिकास मञ्च नेपालका अध्यक्ष चाहारले बताउनुभयो । 
यस्तै, खोटाङ दलित बिकास मञ्च नेपालले दलित समुदायबाट जनप्रतिनिधिका रुपमा निर्वाचित भएका ६२ जनालाई वधाई तथा शुभकामना दिइएको छ । जिल्लामा दलित समुदायबाट निर्वाचित ९१ जना जनप्रतिनिधिमध्ये ६२ जनालाई बधाई तथा शुभकामना दिइएको दलित बिकास मञ्चले जनाएको छ । दलित समुदायबाट नवनिर्वाचित जनप्रतिनिधिलाई जिल्ला समन्वय समितिका संयोजक राजनकुमार बिसी लगायतले खादा ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post