sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » बिना सूचना जग्गा अधिग्रहण गरेको गुनासो

खोटाङ, ११ साउन । नेपाल नागरिक उड्यान प्राधिकरणले जानकारी नै नदिइ आफ्नो जग्गा अधिग्रहण खोटाङ खाल्लेका जग्गा धनीले गुनासो गरेका छन् । 

जग्गा धनीलाई थाहै नदिइ मनमायाँ राई खानीडाँडा विमानस्थल आसपासका व्यक्तिगत जग्गा नागरिक उड्यान प्राधिकरणले अधिग्रहण गरेको थाहा पाएपछि स्थानीय जग्गा धनीले जिल्ला प्रशासन कार्यालय खोटाङ समक्ष गुनासो गरेका हुन् । 

रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खानीडाँडा विमानस्थल आसपासमा रहेको स्थानीय शिव खत्रीको कित्ता नम्बर ६८८ मा रहेको ५ आना, भिमान राईको कित्ता नम्बर ६९५ मा रहेको ८ आना, सम्पूर्ण राईको कित्ता नम्बर ११३६ मा रहेको १ आना, गंगा राईको कित्ता नम्बर ६९३ मा रहेको ६ आना र लफ्याङका प्रदीप राईको कित्ता नम्बर ११३४ मा रहेको ६ आना जग्गा उनीहरुले थाहै नपाइ अधिग्रहणमा परेको पाइएको छ । कतिपयको जग्गा नियतबस कित्ता काट गरेरै अधिग्रहण गरेको उनीहरुको आरोप छ ।

जग्गा अधिग्रहणका क्रममा जग्गा धनीलाई कुनै जानकारी नदिइ नागरिक उड्यान प्राधिकरणको नाममा जग्गा पास गरिएको जग्गाधनी शिव खत्रीले गुनासो गर्नुभयो । “विमानस्थल बनाउनका लागि हामीले निःशुल्क जग्गा दिएकै हो ।” उहाँले भन्नुभयो, “अझै चाहिन्थ्यो भने किन सुटुक्कै जग्गा अधिग्रहण गरियो ? सल्लाह गर्नुपर्छ कि पर्दैन ? स्वीकृति लिनुपर्छ कि पर्दैन ? हामीलाई ठूलो अन्याय गरिएको छ । अन्याय गर्नेलाई कारबाही हुनुपर्छ ।”

व्यक्तिको जग्गा अधिकरण दाखाको निर्णय अनुसार जिल्ला मालपोत कार्यालयबाट असार २५ गते प्राधिकरणको नाममा पास गरेको पाइएको छ । आफ्नो जग्गा खोज्दै जग्गा धनीले आवाज उठाउन थालेपछि जग्गा अधिग्रहणमा परेको खुलासा भएको हो । 

अधिग्रहणका क्रममा सरसल्लाह नगरी नियतबस सुटुक्कै जग्गा अधिग्रहण गरिएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेल समक्ष जग्गाधनीले गुनासो गरेका छन् । व्यक्तिको जग्गा विमानस्थलको घेराबारा गर्नका लागि अधिग्रहण गरिएको हो । 
सरकारले अति आवश्यक निजी जग्गा जग्गाधनीसँगको वार्ता र छलफलको माध्यमबाट मञ्जुरी लिएर अधिग्रहण गर्न सक्छ । तीन पटकसम्म गरिएको छलफलबाट पनि जग्गा अधिग्रहणका लागि स्वीकृति प्राप्त नभए कुनै राष्ट्रिय दैनिकमा ३५ दिने सूचना प्रकाशित गरेपछि अधिग्रहणका लागि प्रकृया पु¥याउनुपर्नेमा एक पटकसम्म छलफल नगरी थाहै नदिइ जग्गा अधिग्रहण गरिएको स्थानीय खगेन्द्र राईले बताउनुभयो । 

जिल्ला मालपोत कार्यालयकी प्रमुख कोपिला राईले भने जग्गा प्राप्ती ऐन २०३४ अनुसार र प्रमुख जिल्ला अधिकारी संयोजकत्वको मुआब्जा समितिको जग्गा दाखा पत्रअनुशार विमानस्थलको नाममा जग्गा पास भएको बताउनुभयो । “जग्गा अधिग्रहणका लागि प्राप्त आवश्यक सबै फाइलको आधारमा जग्गा पास गरिएको हो ।” उहाँले भन्नुभयो, “जग्गा पास गर्नका लागि जग्गा धनीको लिखित मञ्जुरीनामा छ । हामीले सबै प्रकृया पु¥याएर मात्र जग्गा पास गरेका छौँ । यसमा हाम्रो गल्ती छैन ।”

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post