sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङमा ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय

साउन १४ । खोटाङमा प्रथम जिल्लासभाको पहिलो बैठकले ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । बिहिबार साँझ सम्पन्न जिल्ला समन्वय समितिको बैठकले ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय लगत्तै जिल्ला समन्वय समिति निर्वाचन कार्यालयले साउन २० गते जिल्ला समन्वय समितिका पदाधिकारी चयनका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । 

जिल्ला समन्वय समिति गठनका क्रममा दुई नगरपालिका र आठ गाउँपालिकाको प्रमुख र उपप्रमुख गरी २० जनाले भोट हाल्न पाउने छन् । जिल्ला समन्वय समिति निर्वाचन कार्यालयका अनुसार साउन १५ गते मतदाता नामावली प्रकाशन, नामावली सच्याउने, छुट नाम दर्ताका लागि दरखास्त दिने र साँझमा संशोधित मतदाता नामावली प्रकाशन गरिने छ । 

साउन १६ गते मतदाताको विरोधमा उजुरी दिने, अन्तिम मतदाता नामावली प्रकाशन गर्ने र उम्मेद्वारको मनोनयन गर्ने, मनोनयन भएका उम्मेद्वारको सूची प्रकाशन गर्ने, साउन १७ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेद्वारको नामावली प्रकाशन गर्ने, उम्मेद्वारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशनको काम गरिने कार्यालयका नासु चरिन्द्रप्रसाद आचार्यले बताए । 

साउन १८ गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र साउन २० गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गरिने जिल्ला समन्वय समिति निर्वाचन कार्यालये जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post