sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटेहाङ गाउँपालिकामा एमाले विजयी

रामधन राई/खोटाङ, १८ असार । खोटाङको खोटेहाङ गाउँपालिकामा नेकपा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार प्रदिप राई र उपप्रमुख कविता राई विजयी हुनुभएको छ । 

गाउँपालिकाका प्रमुखमा निर्वाचित राईले तीन हजार १ सय २७ मत र उपप्रमुखमा निर्वाचित राईले तीन हजार २० मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँहरुको निकटतम् प्रतिद्धन्द्धी माओवादी केन्द्रका प्रमुख उम्मेदवार राजन ढकालले दुई हजार ६ सय ८२ र उपप्रमुख सुशिला बान्तावा राईले दुई हजार ३ सय ९ मत ल्याउनुभएको थियो । 

नौं वडा रहेको उक्त गाउँपालिकाको वडा नम्बर १ मा एमालेका खड्गबहादुर कार्की, २ मा माओवादी केन्द्रका दिपेन राई, ३ मा एमालेका राजन राई, ४ मा एमालेका क्रितन राई, ५ मा माओवादी केन्द्रका किरण राई, ६ मा एमालेका देविन्द्र राई, ७ मा एमालेका भीप्रसाल फुयल, ८ मा नेपाली काँग्रेसका चन्द्रबहादुर थापा र ९ मा एमालेका  गोपीकृष्ण राई वडाअध्यक्षमा विजयी हुनुभएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post