sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » खोटाङमा एमाले दुई , कांग्रेस र माओवादी एक/एक पालिकामा बिजयी

रामधन राई/खोटाङ
असार १७ । दुई नगर र आठ गाउँपालिका रहेको खोटाङमा एमालेले दुई गाउँपालिका जित्दै स्थानीय तहको निर्बाचनमा अग्रता कायम गरेको छ । संबिधानसभाको निर्बाचनमा दुवै क्षेत्र बिजय हासिल गरेको एमालेका तर्फबाट जन्तेढुंगा गाउँपालिकामा शंकर राई प्रमुख तथा विमला राई उपप्रमुखमा बिजयी हुनुभएको छ ।

 यस्तै, एमालेकै तर्फबाट लामिडाडाँ गाउँपालिकामा लिलाबहादुर निरौला र समला राईले बिजय हासिल गर्नुभएको छ ।

जिल्लाको एसेलुखर्क गाउँपालिकामा कांग्रेसका बिश्व निरौला र उपप्रमुखमा एमालेकी पुष्पकला भुजेल उपप्रमुखमा बिजयी बन्नुभएको छ ।


जिल्लाको साकेला गाउँपालिकामा माओबादी केन्द्रका अर्जुनकुमार खड्का (झङकार) प्रमुख तथा कांग्रेसकी सरिता खड्का उपप्रमुखमा बिजयी हुनुभएको छ ।


अन्य ६ पालिकामध्ये हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ गाउँपालिका र बराहपोखरी गाउँपालिकामा कांग्रेस, रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी तथा खोटेहाङ गाउँपालिकामा एमालेको अग्रता रहेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post