sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » माओवादी पूर्व सभाषद कार्कीको वडामा एमाले विजयी, माओवादी तेस्रो

पूर्व सभाषद कार्की
खोटाङ १७ असार
नेकपा माओवादी केन्द्रका पूर्व सभाषद समेत रहेकी पार्टी पोलिटब्यूरो सदस्य अस्मिता (समिता) कार्कीको वडामा नेकपा एमालेले बाजी मारेको छ ।

रुपाकोट मझुवागढी नगरपालिकामा वडा नम्बर ९ निर्मलीडाँडामा अस्मिताले आफ्नै पार्टीको नाम जोगाउन सकिनन् । एमालेकै ढाक प्रसाद लुईटेल बागी वडा अध्यक्ष उम्मेदवारमा लडेको र भिम प्रसाद लुईटेल समेत वडा अध्यक्ष उठेर अन्तिम समयमा फिर्ता लिँदा एमालेभित्र भाडभैलो  भएको अवस्थामा समेत माओवादी केन्द्र भने तेस्रो स्थानमा खुम्चिन पुगेको हो । माओवादी नेताहरु पहुँचमा पुगेपछि शहरमा रमाउने र गाउँलाई बिर्सने तथा गाउँमा संगठन विस्तारलाई समेत बेवास्ता गर्दा पार्टी संगठन बिग्रन गएको स्थानीय नेताहरुको भनाई छ ।

एमालेका वडा अध्यक्षका उम्मेदवार हर्कराज राईले २९९ सय मत प्राप्त गरेर विजयी भए । उनका प्रतिद्धन्दीमा कांग्रेसका उम्मेदवार रमाहाङ राईले १७९ मत ल्याएर प्रतिस्पर्धा गरे । माओवादीका वडा अध्यक्ष बल बहादुर राईले १७१ मत ल्याए । एमालेका तर्फबाट बागी उठेका ढाक प्रसादले २२ मत एमालेकै कटाएका थिए । अझ भिम लुइटेलले उम्मेदवारी दिँदा एमालेभित्र भाडभैलो भएको थियो ।

पूर्व सभाषद कार्कीको वडामा मेयरलाई कांग्रेस भन्दा १३ भोट बढी खसे पनि एमाले भन्दा ८९ भोट कम खसेको छ ।
निर्मलीडाँडामा एमालेलाई मेयरमा २८७ उपमेयरमा २९३, माओवादी केन्द्रलाई मेयरमा १९८ उपमेयरममा १९०, कांग्रेसलाई मेयरमा १८५ उपमेयरमा १७९ मत खसेको छ । यस्तै, संघीय मेयरमा ८७ मत र उपमेयरमा७५ मत खसेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post