sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » प्रचार सामाग्री हटाउने तर्फ दलहरुको ध्यान गएन

रामधन राई/खोटाङ
असार २८ । खोटाङमा सम्पन्न दोश्रो चरणको स्थानीय तह निर्बाचनका लागि विभिन्न दलले राखेको प्रचार सामाग्री अझै हटाईएको छैन । 

निर्बाचनबाट चुनिएका जनप्रतिनिधीले कार्यभार सम्हाल्न शुरु गरेको हप्ता दिन बितिसक्दा समेत जनमत आफ्नो पक्षमा पार्न दलहरुले सार्बजानिक स्थलहरुमा राखेको प्रचार सामाग्रीहरु नहटाएका हुन् ।

७ वटा दलले निर्बाचनमा भाग लिएको जिल्लामा कांग्रेस, एमाले, माओबादी केन्द्र लगायत सहभागी सबै दलका चुनाब चिन्ह अंकित झण्डा तथा तुलहरु बजार, बिजुलीको खम्बा लगायतका स्थानहरुबाट हटाईएको छैन । प्रचार सामाग्रीहरु नहटाईंदा बजार नै कुरुप भएको जिल्ला सदरमुकाम दिक्तेलबजारबासीको भनाई छ ।

सार्बजानिक स्थलहरु कुरुप हुने गरी प्रचारप्रसारको सामाग्री राख्न नपाउने आचारसंहितामा ब्यवस्था भए पनि दलहरुले होडबाजीका साथ प्रचार सामाग्री राखेको पाईन्छ । ८ गाउँ र २ नगर रहेको जिल्लामा नगर कार्यपालिका र गाउँ कार्यपालिकाको निर्बाचन समेत सम्पन्न भईसकेको छ । असार १४ गते भएको मतदानको नतिजा असार १७ गते नै सार्बजानिक भईसकेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post