sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » दश वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ

खोटाङ १६ साउन । दश वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गर्ने खोटाङका एक युवक पक्राउ परेका छन् । बालिका सुतिरहेको अवस्थामा कोठामा गएर शुक्रबार साँझ जबरजस्ती बलात्कार गर्ने रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ काहुलेका सोनाम राई पक्राउ परेका हुन् ।

बालिका बलात्कृत भएपछि आफन्तले दिएको उजुरीको आधारमा राईलाई गएराति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले बताउनुभयो । बलात्कृत बालिका चिच्याइरहेको अवस्थामा आफन्तले थाहा पाएपछि प्रहरीलाई खबर गर्नासाथ उनलाई घरैबाट पक्राउ गरिएको यादवको भनाइ छ ।

पक्राउ परेका राई विरुद्ध जबरजस्ती करणी महल अन्तरगत मुद्दा दर्ता गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो । “उनलाई पक्राउ गर्न जाँदा उनको कोठामा भरुवा बन्दुकसमेत फेला परेको छ ।” उहाँले भन्नुभयो, “उनीविरुद्ध जबरजस्ती करणीसँगै हातहतियार खरखजना सम्बन्धी मुद्दासमेत दर्ता गरिएको छ ।”

साँझ करिब आठ बजेतिर बलात्कृत भएकी बालिकाको यौनाङ्गबाट अहिले पनि निरन्तर रगत बगीरहेको उनका आफन्तले बताएका छन् । “बलात्कृत भएको समयमा उनी बेहोस अवस्थामा थिइ ।” उनका आफन्तले भने, “तत्काल अस्पताल लगेर उपचार गरेपछि अहिले बोलीसम्म खुलेको छ ।”

बलात्कृत बालिकाको जिल्ला अस्पताल खोटाङमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post