sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » रेडक्रस खोटाङले वडाहरुमा आवश्यकता अनुसार उपशाखा विस्तार गर्ने

साउन १४ । जिल्लामा आईपर्ने बिभिन्न खाले बिपद् ब्यवस्थापनमा महत्वपुर्ण भूमिका निर्बाह गर्दै आएको रेडक्रश जिल्ला शाखा खोटाङले जिल्लास्थित ७९ वडा मध्ये आवश्यकताका आधारमा विभिन्न वडाहरुमा उपशाखा बिस्तार गरी मानबीय सेवामा जुट्ने योजना बनाएको छ । हालसम्म २३ वटा उपशाखा समेत स्थापना गरी जिल्लाभर मानबीय सेवामा जुट्दै आएकोमा अब आवश्यकताका आधारमा उपशाखा गठन गर्ने योजना बनाएको जिल्ला सभापति कुमारसिं बस्नेतले बताउनुभएको हो । 

जिल्लामा नबनिर्बाचित जनप्रतिनिधिहरुलाई शुक्रबार स्वागत तथा सम्मान गर्दै सभापति बस्नेतले मानबीय सेवामा अहोरात्र तल्लिन रेडक्रश शाखालाई अझै प्रभाबकारी तथा ब्यवस्थित भई काम गर्न समन्वयात्मक बातावरण मिलाईदिन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । नबनिर्बाचित जनप्रतिनिधिमार्फत आफ्ना पालिका वा वडामा बिभिन्न बिपद्मा पर्ने सर्बसाधारणहरुको सही जानकारी तथा तथ्याङक उपलब्ध होस् भन्ने समेत अपेक्षा गर्नुभयो । 

 अन्य संस्थासँगको समन्वयमा एउटा एम्बुलेन्स समेत खरिद गरिसकेको जनाउँदै जयरामघाटमा पक्की पुल निर्माण सम्पन्न हुनासाथ जिल्ला भित्र्याई प्रभाबकारी सेवा दिने सभापति बस्नेतले उल्लेख गर्नुभयो । अस्पतालमा आई रगतको आवश्यक्ता परेका बिरामीहरुको लागि रगत उपलब्धताका लागि स्वयमसेवी ढंगले सम्पर्क सहयोग तथा समन्वयको भुमिका निर्बाह गरिरहेको रेडक्रश जिल्ला शाखाले जिल्लामा ब्यवस्थित रक्तसञ्चार केन्द्र स्थापनाको तयारी गरिरहेको जनाएको छ । जिल्लामा ब्लड बैंकको चरम अभाब रहेको महशुष गर्दै रक्तसञ्चार केन्द्रको स्थापना गर्न लागिएको बताईएको हो ।

स्वागत तथा सम्मान कार्यक्रममा जिल्ला न्यायधिश शान्तिप्रसाद आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुबेदी, प्रहरी नायब उपरीक्षक नबिनकिशोर प्रधानलगायतको उपस्थिती थियो ।  जिल्लास्थित मेयर, उपमेयरसँगै सबै गाउँपालिकाका प्रमुख–उपप्रमुखलाई स्वागत तथा सम्मान गरिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post