sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » एमाले नेता राजन राई भन्छन्, ‘७० काे एउटै चुनावमा दुई टिकट पाएर पनि दुईटै गुमाएको व्यक्ति हुँ’


काठमाडौं ८ भदौ
राजन राई– खोटाङमा परिचित एउटा नाम हो । उनलाई कसैले सांगितिक क्षेत्रको व्यक्ति भनेर चिन्छन् । कसैले एमाले नेता भनेर चिन्छन् । अलिक नजिकबाट बुझेकाले भने दुवै नजरबाट चिन्ने गर्छन् । हुन पनि उनी एमाले केन्द्रीय सदस्य हुन् भने नेपाली गीत संगीतमा निरन्तर योगदान गर्दै आएका व्यक्ति पनि हुन् ।

राजन राईले भर्खरै मात्र अक्षर र आवाज नामक एल्बम बजारमा ल्याएका छन् । राजनको शब्द रहेको गीतमा चर्चित गायिका अन्जु पन्तले स्वर भरेकी छन् । चार वटा गीत समावेश एल्बममा संगीत भने डाक्टर किरात, टिका भण्डारी, राजनराज शिवाकोटी, शिखर सन्तोषले दिएका छन् ।

राजनले यसअघि किन किन नामक एल्बम बजारमा ल्याएका थिए । किन किन एल्बममा अन्जु पन्तको स्वर रहेको जिन्दगी यो फुलै फुलको थुँगा हुँदैन भन्ने गीत एक समय सर्वाधिक चर्चित बनेको थियो । उनको दोस्रो एल्बम औठनमा समावेश औठन होला होला जस्ता गीत समेत पूर्वी पहाडहरुमा निक्कै चर्चित बन्यो ।
                           ०००
एमाले सचिव भन्दा वास्तै गरेनन्, संगीतको नाम लिँदा झुम्मिए
गीत संगीतसँगै राजनीतिमा निरन्तर रहेका राजनका जिन्दगीमा रमाइलो क्षण पनि छन् । ‘म खोटाङ जिल्ला एमाले सचिव थिए, एक कार्यक्रममा एमाले सचिव भनियो कसैले वास्तै गरेनन्, उनले विगत सम्झिदैं भने, लगत्तै उहाँ जिन्दगी यो फुलै फुलको  काँडा हुँदैन गीतको लेखक रचनाकार पनि हुनुहुन्छ भने पछि त माहौल नै अर्कै भयो, सबै सबै जुरुक्कै उठे । सबै नजिक नजिक हुन थाले ।’

राजनको विचारमा गीत संगीत र राजनीतिक एक अर्कामा पूरक छन् । उनी सांगितिक क्षेत्र आफ्नो लागि एउटा सोख मान्छन् भने अर्को रुचि । उनी संगीत र राजनीतिक सँगसँगै बढाउँदा एक किसिमको इनर्जी उत्साह थपिने बताउँछन् ।

राजनीतिकसँगै गीत संगीतलाई सँगै बढाउँदा उनी हँदै खुसी छन् भने निरन्तर राजनीति र संगीतलाई सँगै बढाईरहने प्रतिज्ञा समेत गर्छन् । ‘कतिले त तपाईलाई कति धेरैले चिन्छन् हई, हामी राजनीति त गरिरहेको छौं तर तपाईको जस्तो पहिचान त हाम्रो भएन,’ उनी साथीहरुले भनेको कुरा सम्झिदै भन्छन् ।
                             ०००
दुई वटा टिकट पाएको व्यक्ति हुँ
निरन्तर राजनीतिमा सक्रिय राजनको संघीय संसदमा चुनाव लड्ने रहर रहेको समेत पाइयो । राजनीतिमा लागिरहनु भएको छ, अब प्रदेश कि केन्द्रमा चुनाव लड्ने त ? हाम्रोखोटाङ डटकमको प्रश्नमा राजन एकछिन रोकिए । दाहिने हात टाउकोमा पुर्याए । त्यसपछि उनले थोरै भूमिका बाध्दै भने, ‘हेर्नुहोस् म कस्तो मान्छे हो भने २०७० सालमा पनि एउटै चुनावमा २ वटा  (प्रत्यक्ष र समानुपातिक) टिकट पाएर पनि २ वटै टिकट गुमाएको मान्छे हुँ । अब पनि मरिहत्ते केही पनि गर्दिन टिक पाउन ।’
फेरि हामीले अघिल्लै प्रश्न तेर्साएपछि उनले आफ्नो इच्छा खोल्न बाध्य भए । उनले संघीय संसद (केन्द्र) को निर्वाचन लड्न चाहेको खुलासा गरे । ‘पार्टीसँग आग्रह चाँही के गर्छु भने संघीय संसदमा टिकट दिए उपयुक्त हुन्थ्यो भन्ने हो ।’
उनले धेरै साथीहरुले प्रदेशबाटै चुनावमा उठ भनिरहेको समेत खुलाए । ‘हुन त साथीहरुले प्रदेशबाटै चुनाव उठ्दा नि राम्रो हई भनेर त भनिरहनु भएको छ,’ उनी भन्छन्, ‘मैले सोच्नै पाएको छैन, गम्भीरतापूर्वक त्यस विषयमा सोचेको छैन भनिरहेको छु ।’

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post