sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» »Unlabelled » जित्ला त खोटाङले नेपाल आइडल !

खोटाङ १९ साउन
'तपाईहरुकै माया र साथले यहाँँसम्म आइपुगे अनी मलाई विश्वास छ यो साथ र माया मैले सधै पाउने छु ।
आज राती ८ः४५ मा नेपाल आइडल पक्कै हेर्नुहोला र १८ टाइप गरी ३५२२५ मा सेन्ड गर्नुहोला ।'

प्रस्तुत अनुरोध दिक्तेल निवासी उल्सन श्रेष्ठको हो । एपीवान टेलिभिजनमा प्रसारण जारी रहेको नेपाल आइडलमा सयौं प्रतिस्पर्धीसँग कडा टक्करसँगै टप आठमा छानिएका छन्– खोटाङका उल्सन श्रेष्ठ । 
भोटिङका आधारमा उल्सनले टप सेभन, टप सिक्स हुँदै कडा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । तर, कम भोट आएमा उनी टप सातौंबाटै बाहिरिनुपर्ने समेत हुन्छ ।

उनलाई बढी भोट आएको आधारमा नेपाल आइडल बन्न सक्ने सम्भावना छ । तर, भोट कम आएमा उनी त्यो लक्ष्यमा नपुग्दै बाहिरिन सक्नेछन् ।

खोटाङ दिक्तेल निवासी उल्सनलाई जिताउन दिक्तेलका अभियान नै चलिरहेको छ । देश विदेशमा समेत उनलाई जिताउन भोटिङ गर्नेको कमी भने छैन ।

एपीवान टिभीबाट बिहीबार राती ८ः४५ देखि कार्यक्रम सुरु हुनेछ । त्यसपछि शुक्रबार बिहान १२ बजेसम्म प्राप्त भोटिङको आधारमा टप सेभेनबाट एक जना प्रतिस्पर्धी बाहिरिने छन् । जसको नतिजा एपीवान टिभीमै शुक्रबार बेलुकी ८ः४५ देखि सुरु हुने कार्यक्रममार्फत घोषणा गरिन्छ । 

उल्सन टप १८ देखि भोटिङका आधारमा टप आठमा आईपुगेका छन् । आज राती ८ः४५ देखि टप सेभेनका लागि भोटिङ सुरु हुनेछ ।

उल्सनलाई भोट दिनका लागि मोबाईलको मेसेज बक्समा गएर १८ टाइप गरी ३५२२५ मा सेन्ड गर्न सकिन्छ । उल्सनलाई जिताउनका लागि प्रत्येक बिहिबार बेलुका ८ः४५ बजेदेखि शुक्रबार बिहान १२ बजेसम्म भोट दिन सकिने आयोजकले जनाएको छ । मोबाइलका साथै विदेशमा हुनेहरुका लागि मोबाइलमा नेपाल आइडल एप डाउनलोड गरेर पनि भोट दिन सकिने आयोजकले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post