sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » खोटाङमा असोज पहिलो सातादेखि ‘अमराजेम्पा स्मृति फुटबल प्रतियोगीता’

खोटाङ १४ भदौ । भारतीय सेनामा कार्यरत खोटाङ दिप्रुङका ग्याविन किरातीले आफ्ना मृतक पीताको स्मृतिमा ‘अमराजेम्पा स्मृति फुटबल प्रतियोगीता’ आयोजना गर्ने घोषणा गरेका छन् । दिप्रुङ गाउँपालिका–७ टेम्माका किरातीले मृतक पीता पुर्वभारतीय सुवेदार रहरसिं राईको स्मृतिमा आगामी असोज ६ गतेदेखि खुल्ला फुटबल प्रतियोगीता आयोजना गर्ने घोषणा गरेका हुन् । 
‘अनुशासन, विकास र गतिशिलता, दिलैछी युवा सर्कल हाम्रो सहकार्य र एकता’ भन्ने नारासहित टेम्मामा सञ्चालन हुने फुटबल प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने समुहलाई १४ हजार ४ सय १४, दोश्रोलाई ७ हजार ७ सय ७ र तेश्रो स्थान प्राप्त गर्ने सम्ुहलाई ५ हजार ५ सय ५ का साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने किरातीको भनाई छ । 
 भारतीय सुवेदारमा कार्यरत अवस्थामा अवकाश प्राप्त रहरसिंको योगदान र स्मरणमा शान्ति माबि दिलैछी टेम्माको प्राङगणमा प्रतियोगीता सञ्चालन गर्न लागिएको हो । सन् १९६५ मा भारत र पाकिस्तानबीचको युद्धका क्रममा युद्धकौशल र बीरता देखाएका कारण रहरसिं सुवेदार पदमा बढुवा भएका थिए । २०७० सालमा इटहरीमा निधन भएका रहरसिंको बीरता, समाज सेवा र योगदानको कदर गर्दै फुटबल प्रतियोगीता गर्न लागिएको किरातीले बताए ।
 स्थानीय दिलैछी युवा क्लबको आयोजना तथा टेम्मा फुटबल क्लबको सह–आयोजनामा हुने फुटबल प्रतियोगीताका लागि मृतक रहरसिंका छोराछोरी भारतीय सेनामा कार्यरत अमराज किराती, कुवेतमा रहेका मन्जित किराती, भारतीय सेनामा कार्यरत ग्याबिन किराती, बबिन किराती, इटहरीमा रहेका लिला किराती, बिमला किराती, रामकुमारी किरातीले प्रायोजन गर्ने जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post