sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» »Unlabelled » खोटाङका उल्सन श्रेष्ठ नेपाल आइडलको टप सेभेनबाट बाहिरिए

काठमाडौं २० साउन
खोटाङका उल्सन श्रेष्ठ नेपाल आइडलको टप सेभेनबाट बाहिरिएका छन् । एपीवान टिभीबाट प्रसारण हुने रियालिटी सो नेपाल आइडलको शुक्रबारको कार्यक्रम अन्तर्गत टप सेभेनको चरणसँगै उनी बाहिरिएका हुन् ।

भोटका आधारमा छनोट हुने छनोट चरण अन्तर्गत सबैभन्दा कम भोटका आधारमा उनी बाहिरिएको आयोजकले बताएको छ ।

टप सेभेनबाट बाहिरिएसँगै उनले सांगितिक क्षेत्रमा निरन्तर लागिरहने प्रतिवद्धता जनाएका छन् । ‘म हार्ने छैन, यस क्षेत्रलाई अझै पनि माथि लानेछु', उनले बाहिरिने क्रममा भने ।

नेपाल आइडलबाट बाहिरिने क्रममा उनले नेपाल आइडल टिम, जजहरु तथा आफूलाई भोट गरेर सहयोग गर्नेहरु सबैप्रति धन्यवाद समेत व्यक्त गरे ।

जजहरुले उल्सनलाई यो क्षेत्रमा निरन्तर लाग्न आग्रह गर्दै यस क्षेत्रमा बाघ भएर निस्कन सक्ने भन्दै उल्सनको प्रतिभाको कदर गरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post