sponsor

समाचार

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » » दिक्तेलबजारमा मापदण्ड बिनाका औषधि पसल सञ्चालन

खोटाङ भदौ–१५, खोटाङ सदरमुकाम दिक्तेलबजारमा सञ्चालित कतिपय औषधि पसलहरु मापदण्ड बिपरित पाईएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीको संयोजकत्वको अनुगमन समितिले बुधबार गरेको अनुगमनका क्रममा कतिपय फार्मेसी, डेन्टल र भेटेनरी औषधि पसल मापदण्ड बिनाको पाईएको हो ।

औषधि पसल दर्ता तथा नियमित नबिकरण गरे-नगरेको, औषधिलाई सुरक्षित तरिकाले भण्डारण गरे-नगरेको, म्याद नाघेको औषधिको अवस्था, औषधिको मूल्य सूचि लगायतका विषयमा अनुगमन गरिएको अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीको भनाई छ । अनुगमन समितिले दिक्तेलका ६ फार्मेसी, २ भेटेनरी र १ डेन्टल पसल अनुगमन गरी मापदण्ड पुरा गरेर मात्र सञ्चालन गर्न निर्देशन दिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post