sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » बाक्सिलामा नागरिकता वितरणका लागि शिविर सञ्चालन हुने

खोटाङ, २८ साउन । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपीलासगढी गाउँपालिकाको केन्द्र बाक्सिलामा नागरिकता वितरणका लागि तीन दिने शिविर सञ्चालन गरिने भएको छ । 

जिल्ला प्रशासन कार्यालय खोटाङले केपीलासगढी गाउँपालिकाभित्र पर्ने सबै वडाका जनतालाई सोही पालिकामा पुगेर सेवा दिने उद्देश्यले साउन ३२, भदौ १ र २ गते तीन दिने शिविर सञ्चालन गर्ने तयारी गरेको हो ।  

सदरमुकाम दिक्तेलमा रहेको जिल्ला प्रशासन कार्यालयमा आएर नागरिकता लिन नसक्ने जनतालाई सोही स्थानमा पुगेर सेवा दिने उद्देश्यले शिविर सञ्चालन गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताउनुभयो । “१६ वर्ष उमेर पुगेका जो कोही जनता नागरिकता लिनबाट वञ्चित नहोस भन्ने मन्त्रालय कै उद्देश्य छ ।” प्रशासनको सूचना अधिकृत समेत रहनुभएको सुवेदीले भन्नुभयो, “बाक्सिलाबाट फर्कना साथ अन्य पालिकामा शिविर समेत सञ्चालन गर्ने योजनामा छौं ।”

तीन दिनसम्म सञ्चालन हुने शिविरले नागरिकता अभावमा जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन अभियानमा नाम दर्ता गराउन नपाएकाहरुका लागि पनि फाइदा पुग्ने अपेक्षा गरिएको प्रशासनले जनाएको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रशासनमा बिहीबार बसेको बैठकले शिविर सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले जानकारी दिनुभयो । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क र दक्षिणी क्षेत्रमा पर्ने खोटाङबजारमा इलाका प्रशासन कार्यालय सञ्चालनमा छ । लामो समय बन्द रहेको दुवै इलाका प्रशासनमा नायब सुब्बालाई कायममुकायम शाखा अधिकृत तोकेर दैनिक कामकाज सुचारु गरिएको जनाइएको छ । 

गत साउन १ गतेबाट सुचारु गरिएको इलाका प्रशासन कार्यालय ऐसेलुखर्कबाट २१० र खोटाङबजारबाट ५५५ जनाले नागरिकता लिएका छन् । यता, जिल्ला प्रशासन कार्यालयबाट अहिलेसम्म ९५० जनाले नयाँ नागरिकता लिएको प्रशासनले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post