sponsor

समाचार

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » » दमन राईलाई २० हजार राशीको शिक्षा लेखनवृत्ति पुरस्कार

काठमाडौं ३२ साउन ।
नेपाल पत्रकार महासंघले प्रदान गर्ने २० हजार राशीको शिक्षा लेखनवृत्ति पुरस्कार २०७३ खोटाङका पत्रकार दमन राईले पाएका छन् ।

प्रत्येक प्रदेशबाट २ जना पत्रकारलाई प्रदान गरिने २० हजार राशीको उक्त पुरस्कार प्रदेश एकबाट दमन राईसहित तीन जनालाई संयुक्त रुपमा प्रदान गर्ने पत्रकार महासंघले निर्णय गरेको हो ।


उक्त पुरस्कार प्रदेश नम्बर १ बाट विद्या राई (कान्तिपुर दैनिक–भोजपुर), अवतार राई (चोमोलुङमा रेडियो–भोजपुर) र दमन राई (नागरिक दैनिक,खोटाङ) लाई संयुक्तरूपमा प्रदान गर्ने निर्णय भएको महासंघका महासचिव उजिर मगरले विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् ।

दमन राई हाल पत्रकार महासंघ खोटाङका अध्यक्ष समेत हुन् । उनको संलग्नता हाम्रो खोटाङ डटकममा समेत रहेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post