sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » » अब बन्ने नब्बे आधुनिक शहरमा दिक्तेल पनि पर्ने, दिक्तेलका जनप्रतिनिधि र शहरी विकास मन्त्रालयका उच्च अधिकारीबिच भेट

काठमाडौं १ भदाै ।
शहरी विकास मन्त्रालयले सरकारले अब बनाउने नब्बे वटा आधुनिक शहरमा दिक्तेललाई पनि समावेश गर्ने प्रतिवद्धता जनाएको छ ।

खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुखसहितको एक टोलिबिच शहरी विकास मन्त्रालयका बरिष्ठ अधिकारीहरुसँग व्यवस्थित शहर लगायत विषयमा छलफल भएको थियो ।

नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख बिणादेबी राई तथा सांसद विशाल भट्टराईसहितको टोलिले मन्त्रालयल पुगेर बुधबार भेटवार्ता गरेको थियो ।

सो क्रममा मन्त्रालयले सचिव दिपेन्दनाथ शर्माले सरकारले निर्माण गर्ने नब्बे वटा आधुनिक शहरमा दिक्तेललाई समावेश गर्ने र नगरको गुरुयोजना निर्माणपश्चात् दुई अर्बसम्मको बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

सांसद भट्टराईले मन्त्रालयका बरिष्ठ अधिकारीहरुसँगको छलफल असाध्यै महत्त्वपूर्ण र उत्साहित भएको बताएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post