sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » खोटाङेलाई राहत– अब दिक्तेल–हलेसी सडक बाह्रै महिना सुचारु

रामधन राई
खोटाङ १७ साउन । वर्षायाममा बन्द हुँदै आएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने दिक्तेल–हलेसी सडक यो बर्षदेखि बाह्रै महिना सञ्चालन हुन शुरु भएको छ । वर्षायाममा खाल्डाखुल्डी तथा हिलोका कारण अवरोध हुँदै आएको सडक कालोपत्रेको लागि अधिकांश स्थानमा सब बेश गरिएपछि बाह्रै महिना सुचारु हुन सक्ने भएको हो । 
फोटोः फाइल

वर्षायाममा पनि सडक सञ्चालन भए पछि दिक्तेल–हलेसी तथा जिल्ला र काठमाण्डौ लगायतका बाहिरी शहर आवत–जावतमा सहज भएको छ । अघिल्लो बर्षसम्म बर्षायाममा जिल्लाको मुख्य सडकका रुपमा रहेको ४२ किलोमिटर दिक्तेल–हलेसी खण्ड यातायात सञ्चालन हुन नसक्दा पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो । नियमित यातायात सुचारु हुँदा यात्रुलाई सहज हुनका साथै दैनिक उपभोग्य सामाग्री भित्र्याउन समेत सहुलियत भएको छ । 

जिल्ला बाहिरबाट दिक्तेलसम्म उपभोग्य सामाग्री भित्र्याउन गत बर्षायामसम्म ४–५ दिन लाग्ने गरेकोमा योे बर्षदेखि एकै दिनमा ल्याउन सकिएको उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । अध्यक्ष लयालुका अनुसार हिउँदको तुलनमा उपभोग्य बस्तुमा केही मुल्य बृद्घि भए पनि सडक सुचारु भएको कारण तुलनात्मक हिसाबले उपभोक्तालाई अति सहुलियत भएको छ । दिक्तेल–हलेसी सडकको हुर्लुङ–मुढे खण्डका केही स्थानमा भने मुस्किलले मात्र यातायात सुचारु हुने गरेको छ ।  

कालोपत्रेको काममा ढिलासुस्ती र गुणस्तरहिन भएको भन्ने ब्यापक जनगुनासो आईरहेको भए पनि बर्षायाममा समेत यातायत सञ्चालन हुन थालेपछि जिल्लाबासीलाई केही सान्तवना मिलेको बताईन्छ । कालोपत्रे गरिसक्ने म्याद पटक–पटक गुज्रिसकेर थप हुँदै आए पनि ठेकेदार कम्पनीका लापारबाहीका कारण अत्यन्त ढिलाई र गुणस्तरहिन भईरहेको जनगुनासो छ ।  ३ खण्डमा ठेक्का दिईएको सडक कालोपत्रेको क्रममा १ नम्बरको हलेसीतर्फ बाहेक २ र ३ नम्बर खण्डमा प्रयोग गरिएको गिटी नै ल्याब टेष्टमा फेल भएको परामर्शदाता कम्पनीले जनाएको छ ।

यो बर्षको दशैं अगावै सञ्चालनमा ल्याउने भनिएको जयरामघाटस्थित दुधकोसी नदीमा निर्माणधिन पक्की पुल सम्पन्न भई जिल्लाबाहिरसँग सिधा यातायात शुरु भएपछि बर्षौंदेखि खेप्दै आएको शास्ती हट्नेमा जिल्लाबासी बिश्वस्त छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post