sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » हाम्रोखोटाङको सम्पादकमा रामधन राई, कार्यकारी सम्पादकमा केदार मगर नियुक्त


  • संस्थापक सम्पादन मण्डलमा रहनु भएका दमन राईलाई विशेष धन्यवादसहित बिदाई
सम्पादक रामधन राई

काठमाडौं ९ भदौ

हेलो मिडिया प्रा.लिद्धारा नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय र प्रेस काउन्सिल नेपालबाट आधिकारिक प्रमणपत्रसहित ५ वर्षदेखि सञ्चालन हुँदै आएको डिजिटल पत्रिका हाम्रो खोटाङ डटकमको सम्पादकमा रामधन राई र कार्यकारी सम्पादकमा केदार मगर नियुक्त हुनु भएको छ ।
सञ्चालक समितिको शुक्रबार काठमाडौंमा बसेको बैठकले रामधन र केदारलाई सम्पादक र कार्यकारी सम्पादकमा नियुक्त गरेको हो । हाम्रो खोटाङको प्रधान सम्पादकमा यसअघि देखि नै टेनिस रोका हुनुहुन्छ ।
कार्यकारी सम्पादक केदार मगर

बैठकले हाम्रो खोटाङ डटकमका संस्थापक सम्पादन मण्डलमा रहनु भएका पत्रकार दमन राईलाई अहिलेसम्म पुर्याएको महत्वपूर्ण योगदान र सहयोगप्रति विशेष धन्यवाद दिएको छ । बैठकले संस्थापक सम्पादन मण्डलमा रहनु भएका दमनलाई हाम्रो खोटाङको अभिभावक झैं सल्लाहकारका रुपमा लिईरहने निर्णय गरेको छ ।




के हो हाम्रोखोटाङ डटकम ?
२०६९ सालमा नेपालमा फाट्टफुट्ट मात्र अनलाइनको विकास सुरु भएको थियो । अहिले राष्ट्रिय रुपमा अगाडी देखिएका अनलाइन समेत धेरै त सुरुवात नै भएका थिएनन् । सूचना र प्रविधिको विकासलाई मध्यनजर गर्दै हाम्रो खोटाङ डटकम भने २०६९ साल वैशाख ३ गतेदेखि सुरु भएको हो ।

हाम्रो खोटाङले खोटाङको राजनीतिक, सामाजिक, साँस्कृतिक, धार्मिक तथा आर्थिक क्षेत्रको प्रचार प्रसार तथा विकास र प्रबर्धनमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन हुँदै आएको छ । खोेटाङमा रेडियो बन्द हुँदा तथा पत्रपत्रिका प्रकाशन नहुँदा समेत नियमित रुपमाले हाम्रो खोटाङले सूचना तथा समाचार सम्प्रेषण गरेर चौथो अंगको उपमा पाएको पत्रकारिताको भूमिका निर्वाह गर्दै आएको छ ।

हाम्रो खोटाङले आगामी दिनमा व्यापारिक तथा सरकारी संघ संस्था, कार्यालय तथा उद्योगसँग साझेदारी गरेर अघि बढ्ने प्रधान सम्पादक रोकाले बताउनुभयो ।

सञ्चालक समितिको बैठकपछि सम्पादन मण्डलले खोटाङ जिल्लाभरीकोको बजार व्यवस्थापनसहितको जिम्मा रामधन र केदारलाई दिँदै अनलाइनलाई अझै व्यवसायिक, विश्वसनिय र भरपर्दो सूचना र संवाहको अनलाइन डिजिटल पत्रिकाका रुपमा स्थापित बनाउन जोड दिने निर्णय गरेको छ ।

नवनियुक्त सम्पादक र कार्यकारी सम्पादकले खोटाङेहरु जिल्लामा मात्रै नभएर विश्वभर छरिएर रहेको तथा अहिले सबैका हात हातमा मोबाइल र इन्टरनेट भएकाले सूचना र सञ्चारका लागि अब अनलाइन नै भरपर्दो र सहज माध्यम भएको बताउँदै हाम्रोखोटाङले जिल्लामा अन्य मिडियाको भन्दा महत्वपूर्ण भूमिका निभाउँदै आएको र अब उक्त भूमिकालाई झनै बढावा दिँदै लैजाने बताउनु भयो । उहाँहरुले सबैसँग हातेमालो गरेर अघि बढ्ने भन्दै सरकारी गैर सरकारी संघ संस्था, कार्यालय तथा व्यक्तिहरुसँग सहयर्काका लागि आग्रह समेत गर्नुभयो ।
यद्यपी, पत्रकारिता चौथो अंगका साथै 'वाच डग' भएकाले विकृति विसंगति, भ्रष्टचार, अनियमितता जस्ता विषयमा भने पत्रकारिताको भूमिका भन्दा एक इन्च पनि तलमाथि नहुने समेत बताउनु भएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post