sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङमा केन्द्रीय चुनावका लागि एक निर्वाचन क्षेत्र, प्रदेशमा भने दुई वटा

काठमाडौं १४ भदौं
अब हुने प्रदेश र केन्द्रको निर्वाचनका लागि क्षेत्र निर्धारण गर्न गठित क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदन अनुसार खोटाङमा संघ (केन्द्र) को निर्वाचनमा एक सिट निर्धारण भएको छ भने प्रदेशका लागि दुई सिट निर्धारण गरिएको छ ।
आयोगको प्रतिवेदन मन्त्रीपरिषदबाट पारित भएमा अब खोटाङमा केन्द्रमा एक सांसद र प्रदेशमा दुई सांसद हुने भएका छन् । 
यसअघि संविधानसभाको निर्वाचनमा खोटाङमा दुई क्षेत्र रहेका थिए । अब भने केन्द्रमा एक मात्र र प्रदेशमा दुई क्षेत्र कायम हुने भएको छ ।
प्रदेशमा २ र केन्द्रमा दुई क्षेत्र हुने जिल्लाहरुमा खोटाङसहित ताप्लेजुङ, पाँचधर, धनकुटा, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखढुंगा लगायत ३५ वटा जिल्ला रहेका छन् ।
सरकारले आज मात्र १० र २१ मंसिरमा दुई चरणमा प्रदेश र केन्द्रको निर्वाचन गर्ने निर्णय गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post