sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » क्रान्तिकारीको निर्वाचनमा भिड्ने यी हुन् चार खोटाङे

काठमाडौं १३ भदौ
नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा खोटाङका चार जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

सोमबार (हिजो) साँझ उम्मेदवारी मनोनयनको कार्यतालिका अनुसार खोटाङका चार जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

खोटाङका मिलन साहारले दलित केन्द्रिय सचिवमा उम्मेदवारी दिएका छन् । यस्तै, प्रेमिला राईले खुल्ला केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकी छिन् । पर्वत राईले पनि खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यस्तै बद्री कुमार राईले प्रदेश एककाे खुल्ला सचिवमा उम्मेदवारी दिएका छन् ।

निर्वाचन कार्यतालिका अनुसार आज निर्वाचनको समय भएपनि उम्मेदवारको संख्या बढी भएको र प्राविधिक विषय मिलाउँदा ढिला भईरहेको निर्वाचन संयोजक रमेश मल्लले बताए । अहिले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनको कार्य भईरहेको छ ।

त्यसलगत्तै निर्वाचन हुनेछ । अन्तिम नामावली प्रकाशन गर्न ढिला भएको खण्डमा भने भोलि मात्र निर्वाचन हुने बताइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post