sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » पटक पटकको विद्युत अवरुद्धले उपभोक्ता हैरानीमा

खोटाङ, २६ साउन । पटकपटकको विद्युत अवरुद्धले खोटाङ र ओखलढुङ्गाका विद्युत उपभोक्ता हैरानीमा परेका छन् । लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटकपटक विद्युत अवरुद्ध हुँदा दुई जिल्लाका हजारौं सेवाग्राही हैरानीमा परेका हुन् । अहिले ३३ केभी प्रशारणलाईन विद्युत विस्तार गरिएको दुई जिल्लामा करिब हप्ता दिनसम्म  अवरुद्ध हुने गरेको छ । अवरुद्ध विद्युत सुचारु गराउन प्राधिकरणले प्राविधिक टोली तत्कालै पठाएपनि विभिन्न बहानामा फोन सम्पर्क नहुँने ठाउँ गएर बस्ने गरेका छन् । 

दिक्तेलस्थित कार्यालयबाट खटिएका प्राविधिक टोली भत्ताको लोभमा अवरुद्ध विद्युत सुचारु गराउन नचाहने स्रोतको दाबी छ । “कार्यालयबाट आउने प्राविधिकहरु मासु र रक्सी खाएर बस्छन् ।” नाम नभन्ने सर्तमा एक व्यक्तिले भने, “उनीहरु गाउँमा आएर मोजमस्ती गर्दै बसेपछि अवरुद्ध विद्युत कसरी सुचारु हुन्छ त !”
दिक्तेल–गाईघाट ११ केभी प्रशारणलाईनको पोलमा ३३ केभी थपिएपछि समस्या भएको नेपाल विद्युत प्राधिकरण खोटाङका प्रमुख पुरुषोतम रेग्मीले बताउनुभयो । “३३ केभी प्रशारणलाईन सञ्चालनका लागि संरचना नै कमजोर छ ।” उहाँले भन्नुभयो, “मौषममा खराबी आउनासाथ ठाउँठाउँमा अवरुद्ध हुने गरेको छ ।”
जिल्लामा अलि बढी पानी पर्दा, अलि ठूलो हावा चल्दा र बाढी तथा पहिरो आउना साथ विद्युत अवरुद्ध हुने गरेको छ । वर्षाद्को समयमा अवरुद्ध भएको विद्युत सुचारु गराउन करिब हप्ता दिन लाग्ने गरेको छ । 
खोटाङ र ओखलढुङ्गामा विस्तार गरिएको ३३ केभी विद्युत प्रशारण लाईन स्तरोन्नति नरेसम्म समस्या रहिरहने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । “पुरानो संरचनामै क्षमता विस्तार गरिएको छ ।” उहाँले भन्नुभयो, “यसप्रति समयमै ध्यान नदिएको खण्डमा ठूलो दुर्घटना हुने सम्भावना छ ।” कमजोर संरचना भएकै कारण अवरुद्ध विद्युत लाईन मर्मत गर्नेक्रममा खोटाङमा मात्रै अहिलेसम्म आधा दर्जन बढी प्राविधिकको ज्यान गइसकेको छ । धेरै प्राविधिक अङ्गभङ्ग भएर बसेका छन् ।

वर्षाद्को समयमा विद्युत अवरुद्ध नहोस भनेर प्रशारण लाईन वरपर रहेको झाडी फाँड्ने गरिएको छ । जङ्गलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइपामा ल्याएर सवस्टेशनमा जोडिएको विद्युत दुई जिल्लामा विस्तार गरिएको छ । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लाको साविकको ४१ गाविसमा तथा एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुङ्गा जिल्लाको सदरमुकाममा मात्र केन्द्रीय लाईनको विस्तार भएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले वि.सं. २०५७ सालमा उद्घाटन गर्नुभएको केन्द्रीय प्रशारण लाईनको विद्युत अहिलेसम्म सबै पालिकामा विस्तार हुन सकेको छैन । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post