sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » खोटाङसहित चार जिल्लामा विद्युत र सबै किसिमका फोन अवरुद्ध

खोटाङ २९ साउन

खोटाङसहित पूर्वका चार जिल्लामा विद्युत सेवा र सबै किसिमका फोन सेवा अवरुद्ध भएको छ ।  विद्युत अवरुद्ध भएसंगै खोटाङ, ओखलढुङगा, सोलुखुम्बु र उदयपुरमा टेलिफोन सेवा अवरुद्ध हुन पुगेको हो ।

सप्तरी जिल्लाको लहानमा रहेको नेपाल विद्युत प्राधिकरणको स्टेशनबाट उदयपुरको गाईघाट हुँदै माथिल्लो सगरमाथाका तीन जिल्ला खोटाङ, ओखलढुङगा, सोलुखुम्बु प्रवाह हुने बिद्युत लहानमानै नभएका कारण यी जिल्लाका सबै प्रकारका टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम खोटाङले जानकारी दिएको छ ।  

बिद्युत अवरुद्ध भएपनि टेलिफोन सञ्चालन हुनुपर्ने भएपनि फोन सेवा समेत अवरुद्ध हुन पुगेको हो । यसको कारणबारे अध्ययन भईरहेको टेलिकमले जनाएको छ । फोन सेवा अवरुद्ध भएपछि सेवाग्राहीलाई समस्या भएको छ । नेपाल बिद्युत प्राधिकरण साखा खोटाङले बिद्युत तराईका जिल्लामा अत्याधिक वर्षा भएका कारण अवरुद्ध भएको हुने सक्ने बताएको छ । 

ल्याण्डलाईन, सिडएमए र नमस्ते मोवायल नचलेका कारण सेवाग्राही मारमा परेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post