sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » हलेसी नगरपालिकाको फेसबुकमा फोटो राखेपछि पूर्वसांसद दुर्गा जयन्तीको आपत्ति

खोटाङ २६ साउन
माओवादी नेतृ, पूर्वसांसद तथा हालै सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत रुपाकोट मझुवागढी नगरपालिकामा मेयरकी प्रतिस्पर्धी समेत रहेकी दुर्गा जयन्ती राईले आफ्नो फोटो फेसबुकमा गलत प्रयोग भएको भन्दै आपत्ति जनाएकी छिन् ।

हलेसी तुवाचुङ नगरपालिकाको फेसबुक प्राेफाइलमा उनको तस्बीर राखिएपछि उनले आपत्ति जनाएकी हुन् ।

उनले आफ्नो तस्वीर अनाधिकृत रुपमा राखिएको भन्दै आधिकारिक फेसबुक भएमा त्यसरी आफ्नो तस्बीर नराख्न र हटाउन आग्रह समेत गरेकी छन् । ‘नगरपालिकाको आधिकारिक फेसबुक पेज नभए सरकारी कार्यलयको नाम र व्यक्तिको फोटो दुरुपयोग गरेको विषयलाई छानविन गरी दोसी पत्ता लगाउन र दोसी उपर कानुनी कार्यवाहीको प्रक्रिया थाल्न अनुरोध गर्दछु ।’ उनले फेसबुक स्टाटसमार्फत भनेकी छिन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post