sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » गोपाल किराती प्रदेश एकको मुख्यमन्त्रीको उम्मेदवार

काठमाडौं १५ भदौ

नेकपा माओवादी केन्द्रले नेता गोपाल किरातीलाई प्रदेश एकको मुख्य मन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रदेश एकका इन्चार्ज समेत रहेका उनलाई हालै विराटनगरमा बसेको प्रदेश सचिवालय बैठकले पार्टीको तर्फबाट राज्यको मुख्यमन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

माओवादी सचिवालय सदस्य टंक राईले पूर्ण बहुमतसहितको प्रदेश एकमा माओवादी केन्द्रको सरकार बनाउने र गोपाल किरातीलाई मुख्यमन्त्री बनाउने बैठकले सर्वसम्मत निर्णय गरेको जानकारी दिए ।

सोलुखुम्बुका गोपाल किराती पहिलो संविधानसभामा सोलुबाट निर्वाचित सभाषद हुन् । दोस्रो संविधानसभाको निर्वाचनमा झापामा हालका एमाले अध्यक्ष केपी शर्मासँग पराजित बनेका थिए । उनी पूर्व मन्त्री समेत हुन् ।

माओवादीले प्रदेश १ को राजधानी विराटनगरको साटो नयाँ सहरलाई प्राथमिकता दिनुपर्ने प्रस्ताव अघि सारेको छ । एमाले र कांग्रेसले विराटनगरलाई राजधानी बनाउनुपर्ने लबिङ गर्दै आएका छन् ।

पार्टीको एक नम्बर प्रदेश सचिवालयको विराटनगरमा सम्पन्न बैठकमा सहभागी अधिकांश नेताले नयाँ सहरलाई विकासको बाटोमा अघि बढाउन पनि राजधानी बनाइनु पर्नेमा जोड दिएका हुन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post