sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » नगरपालिकाको निर्देशनपछि हलेसी प्रवेशमा शुल्क हट्यो

खोटाङ, १८ साउन । हलेसी तुवाचुङ नगरपालिकाले खोटाङको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी प्रवेशमा शुल्क नलिन निर्देशन दिएको छ । नगरपालिकाको निर्देशनसँगै शुल्क लिन छाडिएको बताइएको छ ।
यसअघि मन्दिर व्यवस्थापन समिति र हलेसी विकास समितिले लिएको शुल्क व्यवस्थित र पारदर्शी नभएको भन्दै शुल्क नलिन निर्देशन दिएको थियो ।

नगरपालिकाले दिएको निर्देशन लगत्तै शुल्क लिन छाडिएको विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताउनुभयो । “दर्शनार्थीको भीडलाई व्यवस्थापन गर्न सामान्य शुल्क लिने व्यवस्था गरिएको थियो ।” उहाँले भन्नुभयो, “नगरपालिकाको निर्देशनपछि तत्कालै शुल्क लिन छाडिएको छ ।”

हलेसीबाट सिमित व्यक्तिले फाइदा उठाइरहेकाले तत्काललाई शुल्क नलिन निर्देशन दिइएको नगरपालिकाका मेयर ईवन राईले बताउनुभयो । “हलेसीको समग्र विकासका लागि हामीले पहल थालेका छौं ।” उहाँले भन्नुभयो, “व्यवस्थित नभएसम्मका लागि सबै किसिमको शुल्क नलिन निर्देशन दिइएको हो ।”

मन्दिर व्यवस्थापन समिति र विकास समितिले यसअघि महादेवथानमा अघोसित रुपमा मोटो रकम र बसाहाथानमा घोसित रुपमै प्रति व्यक्ति दश रुपैयाँ लिने गरेको थियो । यससँगै हलेसीका स्थानीयले यसअघि त्यहाँ आउने भक्तजन तथा पर्यटकबाट विभिन्न बहानामा चर्को शुल्क लिने गरेको गुनासो आउने गरेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post