sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » हलेसीमा ब्रतालु तथा भक्तजनको घुइँचाे

खोटाङ ८ भदौ
पूर्वको पशुपति भनेर परिचित खोटाङको हलेसी महादेवमा भक्तजन तथा ब्रतालुको भिड लागेको छ ।

भाद्र शुक्ल तृतीयाका दिन हिन्दुहरुले मनाउने हरितालिका (तीज) पर्वमा ब्रतालु तथा भक्तजनको हलेसीमा बिहानैदेखि घुइँचाे छ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । 

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरित विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । 

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका ९तीज० को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय भनाई छ  ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post