sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » निःशुल्क जग्गाका लागि हलेसी नगरपालिकाले निकाल्यो सूचना

खोटाङ ३० साउन
हलेसी तुवाचुङ नगरपालिकाले नगरपालिकाको कार्यालय स्थापनाका लागि निःशुल्क जग्गाको खोजी सुरु गर्दै सार्वजनिक सूचना जारी गरेको छ । 

नगरपालिका भवन निर्माणको लागि जग्गा प्राप्ती गर्न सार्वजनिक गरिएको सुचना अनुसार जग्गा निःशुल्क दिन चाहने जो सुकैले १५ दिनभित्र नगरपालिकाको कार्यालयमा पुगेर निवेदन दिनुपर्नेछ ।

नगरपालिकाले १० रोपनी जग्गा हुनुपर्ने जनाएको छ भने होलेसुङ पार्क पूर्व, खसिने भन्ज्याङसम्म पश्चिममा, होलेसुङ पार्क र खसिने भन्ज्याङको वरको दक्षिणतर्फको एक किमीसम्म दक्षिण र खसिने भन्ज्याका वरको उत्तरतर्फ एक किमिसम्म उत्तरमा चार किल्ला पर्ने ठाउँमा जग्गा हुनुपर्ने जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post